प्रदेश

अस्पतालको अर्धवार्षिक समिक्षाः १ हजार ६ सयको निःशुल्क अप्रेसन



कपिलबस्तु, ०७ माघ । नेपाल नेत्रज्योति संघ,आँखा स्वास्थ्य कार्यक्रम राप्ती तथा बहादुरगंज अन्तर्गत संचालित छन्द(कालेबाबु) नारायणी आँखा अस्पताल,बहादुरगंजको अर्धबार्षिक समिक्षा कार्यक्रम सम्पन्न भएको छ । अस्पतालले चालु आ.ब.२०७८÷७९ को श्रावणदेखि पौष महिनासम्म सम्पन्न गरेका समग्र गतिविधीहरुको समिक्षा सम्पन्न गरेको हो ।छन्द(कालेबाबु) नारायणी आँखा अस्पताल,बहादुरगंजमा भएको समिक्षा कार्यक्रममा अस्पतालका प्रशासकीय अधिकृत जसराज विश्वकर्माले अस्पतालले ६ महिनाको अवधिमा सम्पन्न गरेका विविध प्रशासनिक प्रगति प्रतिवेदन प्रस्तुत् गर्नु भएको थियो । त्यसैगरी अस्पतालका ओपिडी ईन्चार्ज तथा बाह्य कार्यक्रम संयोजक ओपेन्द्र चन्दले अस्पतालले बिगत ६ महिनामा सम्पन्न गरेका क्लिनिकल गतिबिधिहरुको बारेमा प्रकाश पार्नु भएको थियो ।

जस अनुसार अस्पतालले ६ महिनाको अवधिमा ३७ हजार ओपिडी हेर्ने लक्ष्य राखेकोमा २९ हजार ४ सय ५३ अर्थात् ७९।६० प्रतिशत लक्ष्य हासिल गरेको छ भने शल्यक्रिया तर्फ हातद्धारा गरिने मोतिबिन्दुको शल्यक्रिया २ हजार २ सय गर्ने लक्ष्य राखिएकोमा १ हजार ७ सय ६८ अर्थात् ८०।३६ प्रतिशत लक्ष्य हासिल गरेको छ भने अत्याधुनिक फेको प्रविधिीबाट गरिने मोतिबिन्दुको शल्यक्रिया २ हजार २ सय ५० गर्ने लक्ष्य राखिएकोमा जम्मा १ हजार ३ सय ७९ अर्थात् ६१।२८ प्रतिशत लक्ष्य हासिल गरिएको छ ।यसरी ओपिडी तथा शल्यक्रिया सेवा लिने तथ्यांकलाई विश्लेषण गर्दा दुबै सेवा लिनेमा पुरुषभन्दा महिला बढी रहेको अस्पताल सूत्रले जनाएको छ । जसअनुसार ओपिडी सेवा लिनेमा महिला ५२ प्रतिशत छन् भने पुरुष ४८ प्रतिशत तथा शल्यक्रिया सेवा लिनेमा महिला ५१ प्रतिशत र पुरुष ४९ प्रतिशत रहेको बाह्य कार्यक्रम संयोजक ओपेन्द्र चन्दले जानकारी गराउनु भयो । सोही अवधिमा अस्पतालले १ सय ९२ लाई मेजर तथा माइनर सर्जरी सेवा उपलब्ध गराएको छ जसमध्ये १९ जनाले निःशुल्क सेवा पाएका छन् ।

त्यसैगरी यो ६ महिनाको अवधिमा अस्पतालले बिभिन्न दातृ निकायको सहयोगमा १ हजार ६ सय २६ जना मोतिबिन्दुको निःशुल्क शल्यक्रिया गरेको छ । अस्पतालले महाराजगंज नगरपालिकामा सम्पन्न गरेको निःशुल्क आँखा शिवीरमा १सय ९० जना र बिजयनगर गाउँपालिकामा सम्पन्न गरको निःशुल्क आँखा शिबिरमा १सय १८ गरी जम्मा ३०८ जना मोतिबिन्दुको निःशुल्क शल्यक्रिया गरेको हो । महाराजगंजमा संचालित शिवीरलाई “देब एण्ड केरी ९म्ब्प् डाक० फाउण्डेशन” ले आर्थिक सहयोग उपलब्ध गराएको थियो भने बिजयनरमा संचालित शिविरलाई “तेज कोहली एण्ड रुइत फाउन्डेशन” ले आर्थिक सहयोग गरेको थियो ।

यता अस्पतालमै सेवा लिन आउने बिरामीहरुलाई समेत अस्पतालले निःशुल्क शल्यक्रियाको सेवा दिने थालेको छ । जस अनुसार यो ६ महिनाको अवधिमा मात्र १ हजार ३ सय १८ जना मोतिबिन्दुको अस्पतालमै निःशुल्क शल्यक्रिया गरिएको छ । जसमध्ये नर्बे देशको दातृ निकाय “आई केयर फाउन्डेशन” को सहयोगमा ३ सय ८३ जना मोतिबिन्दुको शल्यक्रिया गरिएको छ भने अर्को दातृ निकाय “तेज कोहली एण्ड रुइत फाउन्डेशन” को सहयोगमा ९ सय ३५ जना मोतिबिन्दुको निःशुल्क शल्यक्रिया गरिएको छ । पैसाको अभावले कुनै पनि बिरामी दृष्टिविहीन हुन नपरोस् भन्ने हेतुले अस्पतालले यस्तो निती लिएको अस्पताल प्रशासक जसराज बिश्वकर्माले जानकारी दिनु भयो । बाह्य कार्यक्रम अन्तर्गत बिजयनगर गाउँपालिका २ र बुद्धभुमी नगरपालिकामा २ गरी ४ वटा विद्यालयमा विद्यालय आँखा जाँच कार्यक्रम समेत सम्पन्न गरिएको छ । त्यसैगरी बुद्धभुमी नगरपालिकाका आमा समूहका १८ जना,शिक्षक २८ जना, धामीझाँक्री ९ जना तथा बिजयनगर गाउँपालिकाका २४ जना महिला स्वास्थ्य स्वयंसेविकाहरुलाई प्राथमिक आँखा उपचार तालिम प्रदान गरेको छ । यही समयावधिभित्रै अस्पतालले कपिलबस्तुको गोरुसिङ्गेमा २२ जना पत्राकारहरुको लागि समेत एकदिने प्राथमिक आँखा उपचार तालिम प्रदान गरेको थियो ।

समिक्षा कार्यक्रममा नेपाल नेत्रज्योति संघ,आँखा स्वास्थ्य कार्यक्रम राप्ती तथा बहादुरगंजका प्रमुख प्रशासक शम्सेर थापाले आँखा स्वास्थ्य कार्यक्रम राप्ती तथा बहादुरगंज अन्तर्गत संचालित ३ वटा आँखा अस्पताल र उपचार केन्द्रहरुले सन् २०२१ मा हासिल गरेको उपलब्धिको बारेमा जानकारी गराउनु भएको थियो । त्यसैगरी अर्धबार्षिक समिक्षा कार्यक्रममा अस्पतालका लेखापाल जेनिशा थापाले अस्पतालको आम्दानी तथा खर्चको बारेमा प्रष्ट पार्नु भएको थियो ।छन्द(कालेबाबु) नारायणी आँखा अस्पतालका प्रशासनिक समितीका संयोजक शारदा चौधरीको अध्यक्षता तथा नेपाल नेत्रज्योति संघ,दाङ शाखाका सचिव सुरेन्द्रबहादुर खड्काको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा चिफ मेडिक डाइरेक्टर डा।सुलक्ष्मी कटुवाल,नेत्र बिषेशज्ञ डा.आरती काराखेती,डा.शिलु थापा तथा बिभिन्न बिभागिय प्रमुखहरुको उपस्थिती रहेको थियो । समिक्षा कार्यक्रम सूचना अधिकारी बालाराम खड्काले संचालन गर्नु भएको थियो ।

प्रकाशित : ७ माघ २०७८, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६