प्रदेश

कपिलवस्तु जेसिजको २२ औँ पदहस्तान्तरण, पौडेलको काधमा जिम्मेवारी



कपिलवस्तु, ०७ माघ ।
कपिलवस्तु जेसिजको २२ औँ पदहस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ । विहिबार बाणगंगा नगरपालिका स्थित मायादेवी रिसोर्टमा जेसिजका राष्ट्रिय अध्यक्षको प्रमुख आतिथ्यमा जेसिज बर्ष २०२१ । २२ का अध्यक्ष भीमकान्त भट्टराईले भर्खरै सर्वसम्मत चुनिएका अध्यक्ष गुरुदेव पौडेल (वर्ष २०२२ । २३) लाई पद हस्तान्तरण गर्नुभएको थियो ।

पदभार ग्रहणसंगै नयाँ टिमले सपथ पनि खाएको छ । पदभार ग्रहण गर्दै अध्यक्ष पौडेलले आफ्नो एक्सन प्लान प्रस्तुत गर्नुभएको थियो भने उहाँले बिभिन्न पदमा मनोनयन पनि गर्नुभएको थियो । निवर्तमान हुनुभएका भीमकान्त भट्टराइले आफ्नो कार्यकाललाई सफल बनाउने सबैलाई धन्यबाद दिँदै मायाको चिनोले सम्मानित गर्नु भएको थियो ।

यसैबीच कार्यक्रममा बोल्नेहरुले जेसिजले समाजमा नेतृत्व विकास गर्नेदेखि बिभिन्न सामाजिक र मानवीय कार्य गरेर मुलुकमा विधिको शाषन स्थापित गर्न ठुलो भूमिका खेलेको बताएका छन् ।

प्रमुख अतिथि संस्थाका राष्ट्रिय अध्यक्ष सिनेटर लालमणी भण्डारीले जेसिजका काम मुलुककै लागि अनुकरणीय रहेको बताउनु भयो । ‘शाषन ब्यक्तिको होइन विधिको हुनुपर्दछ’ भन्ने मुल मर्म बोकेको संस्थाको गतिविधिबाट मुलुकले धेरै सिक्नु पर्ने उहाँको भनाई छ । अब जेसिज अभियान्ताहरु मुलुक निर्माणमा अघि बढ्नु पर्ने समेत उहाँले बताउनु भयो ।

युवाहरुको जोश र जाँगर अहिले जेसिजमा पोखिएको भन्दै राष्ट्रिय राजनीतिमा समेत युवा सहभागिता हुनुपर्नेमा उहाँको जोड छ । कपिलवस्तु जेसिजले हरेक बर्ष राम्रा काम गरेर मुलुकमा उत्कष्ट शाखा बन्न सकेको भन्दै उहाँले प्रसंसा गर्नुभयो ।
विशिष्ट अतिथि लुम्बिनी प्रदेश सभा सदस्य विष्णु पन्थी र पूर्वमन्त्री दीप कुमार उपाध्यायले जेसिजमा देखिएको युवा जोश अब नेपालको राजनीतिमा पनि देखिनु पर्ने बताउनु भयो ।

मुलुकको शाषन विधिमा नचलेर ब्यक्ति केन्द्रित हुँदा धेरै समस्या सिर्जना भएको भन्दै उहाँहरुले सँधैभरी त्यो छुट कसैलाई पनि हुन नसक्ने बताउनु भयो । कपिलवस्तु जेसिजका कामहरुबाट आफूहरु प्रभावित भएको भन्दै उहाँहरुले आगामी दिनमा सहयोग गर्ने प्रतिवद्धता जनाउनु भयो । फरक प्रसंगमा नेताद्धयले मुलुकमा संविधानतहः तय भएका निर्वाचनहरु समयमा नै हुनुपर्ने बताउनु भएको थियो ।

कार्यक्रममा जेसिजका राष्ट्रिय कार्यकारिणी उपाध्यक्ष अनिल बहादुर शाही, राष्ट्रिय उपाध्यक्ष संदिप अग्रहरी, पूर्व राष्ट्रिय कार्यकारिणी उपाध्यक्ष रमेश चन्द्र भुसाल, वडा नम्बर १ का वडाध्यक्ष बाल कुमारी पन्त अधिकारी, कपिलवस्तु जेसिजको मातृशाखा शारदानगर जेसिजका पूर्वअध्यक्ष प्रमिशा काफ्ले, कपिलवस्तुका पूर्व अध्यक्षहरु रुक बहादुर भुसाल, सुन्दर पाण्डे लगायतले बोल्नु भएको थियो । महासचिव अमृत घिमिरेले संचालन र स्वागत गर्नु भएको कार्यक्रममा बिभिन्न शाखाका प्रमुख र पदाधिकारी, समाजसेवी, संचारकर्मीको सहभागिता थियो ।

प्रकाशित : ७ माघ २०७८, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६