कपिलवस्तु ७ माघ –केही दिनयता शितलहर र हुस्सुका कारण सर्वसाधारणको जनजीवन प्रभावित हुन थालेपछि कपिलवस्तुको शिवराज नगरपालिका क्षेत्रका विभिन्न स्थानमा मनकामना सामुदायिक बन उपभोक्ता समितिले आगो ताप्नका लागि स्थानीयवासीलाई निशुल्क दाउरा वितरण शुरु गरेको छ ।चिसोको प्रभाव बढेपछि मनकामना सामुदायिक बन उपभोक्ता समितिले शिवराज नगरपालिका वडा न १ स्थित शिवपुर स्वास्थचौकी, करैया चोक , बेलैती चोक ,चैनपूर ,खैरी लगायतका ठाउमा दाउरा बितरण गरेको मनकामना बन उपभोक्ता समितिका अध्यक्ष रामबहादुर के सी जानकारी दिनुभयो ।
जाडो बाट नगर भित्रका नागरीकहरुले केहि भए पनि राहत महसुस गरुन भने दाउरा वितरण गरीएको अध्यक्ष केसीले बताउनु भयो । मनकामना सामुदायिक बन उपभोक्ता समितिले केहि दिन अगाडि पनि शिवराजका विभिन्न ठाउँमा दाउरा वितरण गरेको थियो ।
प्रतिक्रिया