अर्थ-वाणिज्य

प्रधानमन्त्री देउवाको संवोधनमा एमाले महासचिवको यस्तो छ चिरफार




काठमाडौं ७ माघ । एमाले महासचिव शंकर पोखरेलले देशवासीको नाममा प्रधानमन्त्री शेरबहादुर देउवाले गर्नुभएको संबोधनको कडा आलोचना गर्नुभएको छ । मुलुकको आवश्यकता र आर्थिक सुधारको पाटोमा प्रधानमन्त्रीको संबोधन पुर्णत असफल रहेको भन्दै महासचिव पोखरेलले ११ बुँदे प्रतिटिप्पणी गर्नुभएको छ ।उहाले हावाको महल खडा गर्न खोजेकोले यसको कुनै स्वरुप नरहेको स्पष्ट पार्नु भएको छ । पोखरेलका अनुसार प्रधानमन्त्रीको सम्वोधन अपाकृतिक सत्तागठवन्धनको वोझवाट पूर्णतः ग्रस्त रहेको । कुनै स्पष्ट सन्देश र दिशा प्रदानगर्न असफल रहेको, मुलुक चरम आर्थिक सामाजिक संकटमा फस्दै गएको अवस्थालाई प्रमको सम्वोधनले पूर्णतः उपेक्षा गर्ने कोशिस गरेको । गम्भीर आर्थिक संकटवाट मुलुकलाई जोगाउन ठोस कार्ययोजना अघि सार्न चुकेको पोखरेलको निश्कर्ष छ । यस्तै विगतको सरकारले अघि सारेका कामका परिणामहरुलाई नै आफ्नो सरकारको उपलव्धिका रुपमा चर्चा गरेर भ्रम सिर्जना गर्ने कोशिस गरेको र गठवन्धन सरकारले अघि सारेको कार्ययोजनाको कुनै ठोस उपलव्धि देखाउन नसकेको पोखरेलले बताउनु भएको छ ।

प्रधानमन्त्रीको आजको सम्वोधनका वारेमाः
प्रधानमन्त्रीको सम्वोधन अपाकृतिक सत्तागठवन्धनको वोझवाट पूर्णतः ग्रस्त रहेको । कुनै स्पष्ट सन्देश र दिशा प्रदानगर्न असफल रहेको ।मुलुक चरम आर्थिक सामाजिक संकटमा फस्दै गएको अवस्थालाई प्रमको सम्वोधनले पूर्णतः उपेक्षा गर्ने कोशिस गरेको । गम्भीर आर्थिक संकटवाट मुलुकलाई जोगाउन ठोस कार्ययोजना अघि सार्न चुकेको ।विगतको सरकारले अघि सारेका कामका परिणामहरुलाई नै आफ्नो सरकारको उपलव्धिका रुपमा चर्चा गरेर भ्रम सिर्जना गर्ने कोशिस गरेको । गठवन्धन सरकारले अघि सारेको कार्ययोजनाको कुनै ठोस उपलव्धि देखाउन नसकेको ।

कोभिडको तेश्रो लहरको नियन्त्रण र रोकथाममा सरकार पुरै असफल भएको छ । खोपलाई प्राथमिकतामा राखेको सरकार खोप कार्यक्रममा पूर्णतः अकर्मण्य र असफल देखिएको । १८ वर्ष मुनिका वालवालिकाको सुरक्षाप्रति सरकार सम्वेदनशील नदेखिएको ।लाखौ मात्राको भ्याक्सिन हराएको गम्भीर र संवेदनशील सुचनाका वारेमा प्रमवाट मौनता साध्ने काम भएको ।अर्थमन्त्रालयवाट भएको भनिएको नीतिगत भ्रस्टाचारका वारेमा कुनै चर्चा नगरी त्यसलाई स्विकार्न पुगेको ।कुटनीतिक मामिलामा सरकार पुरै असम्वेदनशिल र गैर जिम्मेवार देखिएको । कालापानी क्षेत्रमा भएका पछिल्ला अतिक्रमणकारी घटनाका वारेमा सरकार पुरै लाचार देखिएको ।आर्थिक कुटनीतिलाई जोड दिनुपर्ने समयमा राजनीतिक पुर्वाग्रहका आधारमा राजदुत फिर्तागरी प्रमुख विकास साझेदार चिन लगायतका मुलुकमा राजदुत नियुक्त गर्न उदासिन रहेको ।

स्थानिय तहको निर्वाचनको मितिका वारेमा निर्वाचन आयोगको सुझावलाई सम्वोधन गर्नवाट पन्छिएको । वैशाखमा स्थानिय तहको निर्वाचन गर्नुपर्ने जिम्मेवारीवाट विमुख हुनु खोजेको । चुनाववाट भाग्न खोज्ने गठवन्धनमा सामेल दलहरुवाट प्रभावित वन्न पुगेको ।राज्यका तीनै अंगहरु कार्यपालिका,व्यवस्थापिका र न्यायपालिका प्रतिको जनआस्था र विश्वासमा गम्भिर विचलन ल्याउने काम भएको ।प्रमुख प्रतिपक्षी दलसंगको न्युनतम् सहकार्यको वातावरण तयारगर्न असफल रहेको । प्रतिनिधिसभामा प्रतिपक्षले अघि सारेका जायज मागका वारेमा उदासिन बनेको ।

प्रकाशित : ७ माघ २०७८, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६