खोज–अनुसन्धान

लुम्विनीका २ सहित १४ जिल्लामा ५०० बढी सकृय संक्रमित




रुपन्देही ८ माघ । पाँच सयभन्दा बढी कोरोनाको सक्रिय सङ्क्रमित रहेका जिल्लाको सङ्ख्या १४ पुगेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार मोरङ, सुनसरी ,झापा, धनुषा, काठमाण्डौ, ललितपुर भक्तपुर, चितवन, मकवानपुर, काभ्रे, कास्की, बाँके रुपन्देही र कैलालीमा ५ सयभन्दा बढी सक्रिय सङ्क्रमित रहेका छन् । सबैभन्दा धेरै काठमाण्डौमा २६ हजार ६९८ सक्रिय सङ्क्रमित छन् ।
ललितपुरमा ६ हजार ६१२ र भक्तपुरमा ७ हजार ७८३ जना छन् । पर्सा, बारा, महोतरी सप्तरी, सर्लाही, सिरहा, नुवाकोट, नवलपरासी पूर्व, गोरखा तनहुँ, स्याङ्जा, दाङ, सुर्खेत र कन्चनपुरमा दुई सयभन्दा बढी सक्रिय सङ्क्रमित रहेका छन्। देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या ५७ हजार ३२८ पुगेको छ ।

प्रकाशित : ८ माघ २०७८, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६