प्रदेश

बेमौसमी वर्षाले क्षति गरे पनि दाङमा ३ दशमलव ३७ प्रतिशतले धान उत्पादनमा वृद्धि



दाङ, ०८ माघ ।
दाङमा यो वर्ष धान उत्पादन बढेको छ । यसपालि धानखेतीका लागि बेलैमा मनसुन भएको र रासायनिक मलको अभाव नभएकाले गएको वर्षको तुलनामा उत्पादन बढेको कृषि ज्ञान केन्द्र दाङले जनाएको छ ।

यो वर्ष दाङमा ३९ हजार ४ सय हेक्टर क्षेत्रफलमा धान खेती गरिएकोमा १ लाख ७३ हजार ३ सय ६० मेट्रिक टन धान उत्पादन भएको कृषि ज्ञान केन्द्र दाङका कृषि अर्थ विज्ञ पृथ्वीराज लामिछानेले बताउनुभयो ।

गएको वर्षको तुलनामा यो वर्ष तीन दशमलव ३७ प्रतिशतले धान उत्पादनमा वृद्धि भएको हो । तर बेमौसमी वर्षाका कारण २७ हजार ६ सय ६८ मेट्रिक टन धान उत्पादनमा क्षति पुगेको लामिछानेले बताउनुभयो ।

धान भित्र्याउने बेला गएको कार्तिक पहिलो हप्ताको वर्षाले धानबालीमा क्षति गरेको थियो । गएको वर्ष ३९ हजार हेक्टर क्षेत्रफलमा धान खेती गरिएकोमा १ लाख ६७ हजार ७ सय मेट्रिक टन धान उत्पादन गरिएको थियो । दाङमा ७५ प्रतिशतले हाइब्रिड जातको धान लगाउने गरेको तथ्याङ्क छ ।

धेरै उत्पादन हुने भएकाले किसानले हाइब्रिड धान लगाउने गरेका छन् । हाइब्रिडसँगै लोकतन्त्र, विन्देश्वरी, सावित्री जातका धान पनि किसानको रोजाइमा पर्ने गरेको कृषि अर्थ विज्ञ लामिछानेले बताउनुभयो ।

यो वर्ष धानबाली लगाउने बेला रासायनिक मलको अभाव नभए पनि हिउँदे बालीका लागि किसानले मलको अभाव भोग्नुपरेको छ

प्रकाशित : ८ माघ २०७८, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६