प्रदेश

विदेशमा झण्डै चार महिनाको उपचारपछि माओवादी नेता पुन सोमबार स्वदेश फर्कँदै



काठमाण्डौ, ०८ माघ । उपचारको लागि झण्डै चार महिना विदेशमा रहेका नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुन पर्सि सोमबार नेपाल आउनुहुने भएको छ ।

गएको असोजमा उपचारको लागि थाइल्याण्ड जानुभएका नेता पुन स्वास्थ्यमा थप समस्या आएपछि मंसिरमा उतैबाट चीन जानुभएको थियो । उहाँको स्वास्थ्यमा सुधार आएकाले पर्सि सोमबार राति नेपाल फर्कन लागेको स्वकीय सचिव सन्तोष पुनले बताउनुभयो । पुनलाई जण्डिस बिग्रिएपछि लाग्ने जटिल किसिमको रोग लागेको थियो । थाइल्याण्डमा एक महिना उपचार गराएका नेता पुनलाई उतैबाट चीनको सेनजेन लगिएको थियो ।

वर्षमान पुन देशबाहिर रहेका कारण माओवादी केन्द्रले पदाधिकारी टुंगो लगाउन सकेको छैन । पुसको ११ गतेदेखि काठमाण्डौमा भएको माओवादीको महाधिवेशनमा केन्द्रीय सदस्य चुनिए पनि पदाधिकारीको टुंगो लागेको छैन । वर्षमान पुन विदेशमा रहेकाले अध्यक्ष प्रचण्डले पदाधिकारीको घोषणा गर्नुभएको थिएन । महासचिवका दावेदार रहेका पुन नेपाल फर्किएपछि पदाधिकारीको टुंगो लाग्ने सम्भावना रहेको छ ।

प्रकाशित : ८ माघ २०७८, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६