तुलसीपुर,
८-माघ । पत्रकारले निष्पक्ष रुपमा कलम चलाउनु पर्ने तुलसीपुरमा आयोजित एक कार्यक्रममा बोल्ने बक्ताहरुले जोड दिएका छन् । उनीहरुले पछिल्नो समय पत्रकारिता निष्पक्ष र स्वतन्त्र नभएको भन्दै पत्रकारहरुले राजनितिक आस्था र विचार भन्दा माथी रहेर कलम चलाउनु पर्नेमा जोड दिएका छन् । स्वतन्त्र पत्रकार संघ दाङको शनिवार तुलसीपुर ७ गणेशपुर पार्कमा भएको पदभार ग्रहण तथा निष्पक्ष पत्रकारिता र अबको गन्तव्य विषयक कार्यक्रममा बोल्ने बक्ताहरुले यस्तो बताएका छन् ।
पत्रकारहरुले आस्था र विचारको आधारमा कुनै दल तथा नेताहरुको प्रभावमा परेर समाचार संकलन गर्ने प्रबृत्तिको विकास भएको भन्दै यस प्रति हरेक पत्रकारहरु सचेत हुनु पर्नेमा उनीहरुको जोड छ । राष्ट्रको चौथो अंगका रुपमा रहेको संचार जगतले निष्पक्ष रुपमा समाज परिवर्तनका लागी कलम चलाउनु पर्ने बताएका छन् । खोजमुलक र निष्पक्ष समाचारले समाज रुपान्तरणमा महत्वपुर्ण भुमिका खेल्ने भन्दै आम पत्रकारले सत्यसत्य सुचना सम्प्रेषण गर्नुपर्नेमा बताएका छन् । संघका अध्यक्ष जित सागर जिएमको अध्यक्षता तथा राष्ट्रिय समाचार समिति तुलसीपुरका प्रमुख नारायणी रजौरेको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो ।
सो अवसरमा नेपाल पत्रकार महासंघ दाङका उपाध्यक्ष बसुन्धारा गौतम, स्वतन्त्र पत्रकार संघ लुम्बिनी प्रदेश अध्यक्ष विष्णु कुमार देवकोटा, तुलसीपुर उपमहानगरपालिका कार्यपालिका सदस्य दिपक कुमाल, तुलसीपुर ७ का वडा सदस्य राम बहादुर जिसी, नेपाल पत्रकार महासंघ दाङका सहसचिव दिप्तीशिखा चौधरी, संचारिका समुह दाङका सचिव निरला अर्याल, राष्ट्रिय दलित पत्रकार संघ दाङका अध्यक्ष बसन्त परियार, चलचित्र पत्रकार संघ दाङका अध्यक्ष शिव पुन, पत्रकारहरु सुनिल पोख्रेल, गोपाल शर्मा भट्टराई, सर्मिला डिसी लगायतले नवनिर्वाचित पदाधिकारीलाई बधाई तथा शुभकामना व्यक्त गरेका थिए ।
स्वतन्त्र पत्रकार संघ दाङका सहसचिव रमा नेपालीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण सचिव बसन्त पौडेलले गरेका थिए । संघको केही समय अघि सम्पन्न भएको जिल्ला अधिवेशनबाट अध्यक्षमा जित सागर जिएम, उपाध्यक्षमा पुषोत्तम अधिकारी, सचिवमा बसन्त पौडेल, कोषाध्यक्षमा डिला चौधरी, सह–सचिवमा रमा नेपाली चयन भएका थिए । यस्तैगरी सदस्यहरुमा मनोज कुमार आचार्य, मनिषा विक, श्वेता थापा र शिव उपाध्यक्ष रहेका छन् । संघको सल्लाहकारमा भुवन गौतम र शरद शर्मा रहेका छन् भने प्रदेश पार्सदमा डिलाराम भण्डारी र मदन विक चयन भएका छन् ।
प्रतिक्रिया