खोज–अनुसन्धान

३ यूवतीको जबरजस्ती करणी आरोपमा ४ युवा पक्राऊ




भैरहवा ८ माघ । जबरजस्ती करणी गरेको आरोपमा रुपन्देही प्रहरीले २ युवालाई लुम्बिनी सांस्कृतिक नगरपालिकाबाट पक्राउ गरेको छ ।जिल्ल प्रहरी कार्यालय रुपन्देहीका सहायक प्रवक्ता भाष्कर चन्दका अनुसार हिजो करिब साढे ६ बजे लुम्बिनी सांस्कृतिक नगरपालिका वडा नम्बर १३ को पिपरा बस्ने २० वर्षिय गणेश यादव र सोही ठाउ बस्ने २६ वर्षिय सुवास यादवले २२ वर्षिय र १९ बर्षिय यूवतीलाई जबरजस्ती करणी गरेको आरोपमा पक्राउ गरेको हो ।
दुई महिलालाई जवरजस्ती करणी गरेको भन्ने सूचना प्राप्त भए पछि ईलाका प्रहरी कार्यालय लुम्बिनीका प्रहरी निरिक्षक युवराजजंग कार्कीको कमाण्डमा खटिएको टोलीले महिलाहरुको उद्दार गरेको थियो । प्रहरी घटनामा संलग्न भएको भन्दै गणेश यादवलाई तत्काल र अर्का अभियुक्त सुवास यादवलाई राती करिब साढे ११ बजे लुम्बिनी सांस्कृतिक नगरपालिकाको महजिदियाबाट पक्राउ गरिएको चन्दले बताए । उनिहरुलाइ पक्राउ गरि रुपन्देही जिल्ला अदालतबाट जरुरी पक्राउ पूर्जि स्विकृत गराई अन्य आवश्यक अनुसन्धान भई रहेको प्रहरीले जानकारी दिएको छ।
यता बाँकेको नेपालगन्जमा बस्दै आएकी जाजरकोटकी १८ वर्षीया युवतीलाई अपहरण गरी बलात्कार गरेको अभियोगमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । नेपालगन्ज बस्दै आएकी ती युवती फोटो खिच्न खजुरा गएका बेला अपहरणमा परेकी हुन् । सँगै गएका ३ जना केटा साथीलाई ५ जनाको समूहमा आएका युवाले कुटेर लखेटेपछि उनको अपहरण गरेका थिए । मोटरसाइकलमा राखेर पहिले जंगलमा पु¥याएर बलात्कार गरेको र त्यसपछि पुनः घरमा ल्याएर बलात्कार गर्दागर्दै उनीहरुलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीले बताए ।
प्रहरीका अनुसार खजुरा गाउँपालिका–२ स्थित पुलचोकबाट युवतीको अपहरण गरिएको थियो । युवतीका साथीहरुले दिएको सूचनामा आधारमा खोजी गर्दा जंगलमा बलात्कार गरेपछि पुनः घरमै लगेर बलात्कार गर्दै गरेको अवस्थामा प्रहरीले एक जनालाई पक्राउ गरेको बताएको छ । पछि अर्का एक जनालाई नियन्त्रणमा लिएको प्रहरी प्रवक्ता मधु न्यौपानेले जानकारी दिए । प्रहरीले कुटपिट तथा अपहरण र बलात्कारमा संलग्न अन्य युवाको खोजी गरिरहेको जनाएको छ ।

प्रकाशित : ८ माघ २०७८, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६