प्रदेश

वर्तमान सरकार सबैतिर असफलः ओलि




काठमाण्डौ, ०९ माघ । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले वर्तमान गठबन्धन सरकारले पालिकाको चुनाव सार्ने बहानाबाजी खोजिरहेको आरोप लगाएको छ ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज वक्तव्य निकालेर पालिकाको चुनाव सार्ने बहानाबाजी आफूहरुलाई कुनै पनि हालतमा स्वीकार्य नहुने बताउनुभएको छ । सरकारको ६ महिने कार्यकालबारे एमालेको धारणा सार्वजनिक गर्दै अध्यक्ष ओलीले वर्तमान सरकार सबैतिर असफल भएको टिप्पणी गर्नुभएको छ ।

आठ पृष्ठ लामो १५ बुँदे वक्तव्यमा अध्यक्ष ओलीले सरकार पालिकाको चुनाव सार्न बहानाबाजी खोजिरहेको तर एमाले समयमै चुनाव हुनुपर्नेमा स्पष्ट र दृढ रहेको दोहोर्याउनुभयो । वक्तव्यमा गठबन्धन सरकार पालिकाको चुनावलाई पर धकेल्न र देशमा राजनीतिक अन्योल सिर्जना गर्न उद्धत रहेको तथा अर्थतन्त्र नकारात्मक हुनुमा वर्तमान सरकार नै दोषी रहेको उल्लेख छ ।

चुनाव धकेल्न नपाइने र एमाले जुनसुकै बेला चुनाव भए पनि सामना गर्न तयार रहेको पनि वक्तव्यमा उल्लेख छ । प्रतिनिधि सभाका सभामुख प्रमुख प्रतिपक्ष दललाई विभाजित गर्ने असंवैधानिक, असंसदीय र पदीय मर्यादाविपरीतको काममा संलग्न रहेको एमालेको आरोप छ । त्यसै कारण संसद् निरन्तर अवरुद्ध रहेको पनि एमालेले जनाएको छ ।

देशमा कार्यकारी अङ्गका रुपमा रहेको सरकार संविधानले निर्दिष्ट गरेको न्यूनतम दायित्व पूरा गर्न असफल रहेको र यसले देशलाई नै असफलताको दिशातिर धकेल्ने जोखिम पैदा गरेको एमालेको टिप्पणी छ । बैंकहरुमा तरलताको अभावले व्यवसायको गतिशीलता र विस्तारमा गम्भीर नकारात्मक प्रभाव पारेको भन्दै सरकारले उद्यमीलाई तर्साउने र बार्गेनिङ गर्ने काम गरिरहेको उल्लेख छ ।

प्रकाशित : ९ माघ २०७८, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६