प्रदेश

अध्यक्ष लिङ्देन भन्छन आयोगले भन्दैमा पार्टीको मूल सिद्धान्त नै संशोधन गरेर जान सकिँदैन



काठमाण्डौ, ०९ माघ । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले निर्वाचन आयोगले पठाएको पत्र नेपालको संविधानको मर्म र भावना विपरीत भएको भन्दै कानुनी र राजनीतिक उपचार खोज्ने निष्कर्ष निकालेको छ । आज आइतवार पार्टी केन्द्रीय कार्यालय चावहिलमा बसेको केन्द्रीय पदाधिकारीको बैठकले यो निष्कर्ष निकालेको हो ।

बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले निर्वाचन आयोगले भन्दैमा राष्ट्रिय प्रजातन्त्र पार्टीको मूल सिद्धान्त नै संशोधन गरेर नजाने बताउनुभयो । उहाँले आफ्नो पार्टीको विधान संविधानको परिधिभित्र नै रहेकाले आयोगको निर्देशन पूर्वाग्रही देखिएको भन्दै उचित समयमा त्यसको जवाफ दिने बताउनुभयो । अध्यक्ष लिङ्देनले साम्प्रदायिक र धार्मिक सद्भाव बिथोलिने गरी कुनै पनि चिह्न प्रयोग गर्न पाइँदैन भनेको भनिए पनि कुनै पनि दललाई आस्थाको आधारले प्रतिबन्ध लगाउन पाउने र यस किसिमका प्रश्न उठाउन पाउने अधिकार निर्वाचन आयोगलाई नभएको तर्क गर्नुभयो ।

अध्यक्ष लिङ्देनले भन्नुभयो, ‘निर्वाचन आयोगले राप्रपाको विधानको प्रस्तावनाको बुँदा ४ मा उल्लेखित सनातन हिन्दू राष्ट्र एवम् राज संस्थासहितको प्रजातन्त्रको मान्यता अभिवृद्धि गर्न भन्ने वाक्यांश संविधानको प्रस्तावनमा एवम् भावनाको प्रतिकूल देखिएकाले त्यो वाक्यांश हटाइ नेपालको संविधानको धारा २६९ तथा राजनीतिक दलसम्बन्धी ऐन २०७३ अनुकूल हुने गरी उल्लेख गर्नुहुन भनी पठाएको पत्र नेपालको संविधानको मर्म र भावना विपरीत भएको राप्रपाको ठहर छ । आयोगले पार्टीलाई पठाएको पत्रको जवाफ उपयुक्त समयमा दिने तथा आयोगको पत्रका सम्बन्धमा कानुनी र राजनीतिक उपचार खोज्नेसमेत निर्णय भएको छ । आयोगले संविधानमा कतै नभएको प्रश्न उठाएर पठाएको छ । हामी आयोगसँग कुरा पनि गर्छौँ र उसलाई उचित जवाफ पनि दिन्छौँ । हामी यसमा संशोधन गर्दैनौँ, राप्रपा आफ्नो मूल सिद्धान्तलाई संशोधन गरेर जाने, निर्वाचन आयोगको त्यस प्रकारको निर्देशन मानेर जाने काम गर्दैन ।’

प्रकाशित : ९ माघ २०७८, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६