ब्रेकिंग न्युज

क्रिप्टोकरेन्सी र नेटवर्क मार्केटिङको कारोबार नगर्न नेपाल राष्ट्र बैंकको चेतावनि




काठमाण्डौ, ०९ माघ । नेपाल राष्ट्र बैंकले क्रिप्टोकरेन्सी र नेटवर्क मार्केटिङको कारोबार नगर्न फेरि सचेत गराएको छ ।

राष्ट्र बैंकले आज आइतवार सूचना निकालेर क्रिप्टोकरेन्सी र नेटवर्क मार्केटिङ तथा व्यवसाय नेपालमा गैरकानुनी रहेको स्मरण गराउँदै यस्तो कारोबारमा संलग्न रहेको पाइएमा कारबाही हुने चेतावनी दिएको छ । छोटो अवधिमा उच्च प्रतिफल दिने प्रलोभन देखाएर यस्ता कारोबार भइरहेको भन्दै राष्ट्र बैंकले कारोबार गर्ने, कारोबारमा आबद्ध हुन प्रोत्साहन गर्ने र यससँग जोडिएका व्यक्तिलाई कारबाही हुने चेतावनी दिएको हो ।

नेपालमा विदेशी विनिमय वा मुद्राको रूपमा क्रिप्टोकरेन्सीले मान्यता नपाएको र यसरी लगानी गर्दा सर्वसाधारण ठगिने र देशको रकम अवैधानिक तरिकाले बाहिरिने भएकाले यस्ता कारोबार नगर्न राष्ट्र बैंकले अनुरोध गरेको छ ।

प्रकाशित : ९ माघ २०७८, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६