प्रदेश

पदाधिकारी चयनका लागि माओवादीले बोलायो केन्द्रीय समिति बैठक



काठमाडौं, ९ माघ। नेकपा माओवादी केन्द्रले पदाधिकारी चयनका लागि माघ २७ गते केन्द्रीय समिति बैठक बोलाएको छ ।
८ माघमा बोलाएको बैठक स्थगित गरिएको थियो । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रदेश अध्यक्ष र इन्चार्जहरुलाई परिपत्र केन्द्रीय समितिको पूर्णता, पोलिटब्यूरो र स्थायी कमिटी गठन र पदाधिकारी चयनका लागि २७ गतेदेखि केन्द्रीय समिति बैठक बस्ने जानकारी दिएका हुन् ।

यो बैठकले केन्द्रीय सदस्यहरुको कार्ययविभाजन गर्नुका साथै महाधिवेशले पारित गरेको कार्यदिशाअनुसार कार्ययोजना बनाउने प्रचण्डको परिपत्रमा उल्लेख छ ।

उनले केन्द्रीय समितिको आगामी बैठकले निर्णय नगर्दासम्म यसअघिका सबै प्रदेश समिति, जिल्ला समस्न्वय समिपित, विभाग, जनवर्गीय एवं मोर्चा संगठनका इचार्जहरुले नै यतावतको जिम्मेवारी सम्हाल्ने समेत बताएका छन् ।

साथै प्रदेश समिति र पदाधिकारीको निर्वाचनलाई छिटो गर्न समते उनले भनेका छन् ।

प्रकाशित : ९ माघ २०७८, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६