अर्थ-वाणिज्य

प्रादेशिक अस्पतालमा पत्रकारलाई निःशुल्क आइसीयू र एचडियू उपलब्ध




रुपन्देही १० माघ । लुम्बिनी प्रादेशिक अस्पताल बुटवल र नेपाल पत्रकार महासंघ रुपन्देही बीच सञ्चारकर्मीहरुको सहज उपचारका लागि सहमति भएको छ । विश्वव्यापी कोरोना महामारीका क्रममा अग्र पङ्तीमा रहेर काम गर्ने सञ्चारकर्मीहरुको उपचारका लागि आइसियूसहितको एक बेडको उपचार कक्ष निःशुल्क उपलब्ध गराउने गरी सहमति भएको हो । आइतवार अस्पतालका मेडिकल सुपेरिटेण्डेन डा. इन्द्र ढकाल र महासंघ रुपन्देहीका अध्यक्ष रामराज पोखरेलले सहमतिपत्रमा हस्ताक्षर गर्नुभएको छ ।
यसैगरी ज्वरो क्लिनिकमा पत्रकार महासंघको सिफारिसका आधारमा निःशुल्क परामर्श सेवा तथा पिसिआर परीक्षण गरिने भएको छ । सो अवसरमा बोल्दै महासंघ रुपन्देहीका अध्यक्ष पोखरेलले महामारीको समयमा अग्रपङ्तीमा रहेर काम गर्ने सञ्चारकर्मीहरुका लागि यो सम्झौताले महत्वपूर्ण सहयोग प्रदान गर्ने विश्वास व्यक्त गरनुभयोे । अस्पतालका सुपेरिटेण्डन डा. ढकालले सम्पूण सञ्चारकर्मी तथा पत्रकार महासंघसँग सहकार्य गर्न पाउनु खुसीको कुरा भएको उल्लेख गर्नुभयो ।
यता बुटवल उपमहानगरका प्रमुख शिवराज सुवेदीले सिद्धार्थ बाल तथा महिला अस्पतालमा सञ्चालन गर्न लागिएको आमा सुरक्षा कार्यक्रमको तयारी तथा सेवा प्रवाहका बारेमा जानकारी लिनुका साथै कोभिड वार्डको निरिक्षण गरनुभएको छ् । कोभिड महामारीको संक्रमण फेरि बढ्दै गएको र बालबालिकाका लागि खोपको समेत अझै प्रबन्ध नभइसकेको अवस्थामा अस्पतालको सेवा प्रवाह र कोभिड उपचार वार्डको अवस्थाका बारेमा प्रमुख सुवेदीले जानकारी लिनुभएको छ ।
उपमहानगरको ५० लाख आर्थिक सहयोगमा आम्दा अस्पतालमा निर्माण भएको नयाँ तला, १० लाख रुपैयाँ बराबरको सहयोगमा बनेको अक्सिजन पाइपलाइन कक्षको निरीक्षण गर्दै निरन्तर निगरानी गरेर सेवाप्रवाह सञ्चालन गर्न आग्रह गरे । उपमहानगरको करिब १२ लाखको आर्थिक सहयोगमा अस्पताल परिसरमा लकटायलसहितको सडक स्तरोन्नित भइरहेको छ । यी सबै कामको अवस्थाका बारेमा जानकारी लिंदै प्रमुख सुवेदीले गुणस्तरीय सेवा प्रवाह र प्रभवकारी सञ्चालनमा ध्यान दिन आग्रह गरनुभयो ।
अस्पतालमा सञ्चालित कोभिड वार्डका लागि आवश्यक उपकरण खरिद गर्न उपमहानगरले थप १० लाख रुपैयाँ विनियोजन गरिसकेको प्रमुख सुवेदीले जानकारी गराउनुभयो । अस्पतालको स्तरोन्नित गर्दै सिटी अस्पतालका रुपमा विकास गर्ने लक्ष्यसहित उपमहानगरले नगर गुरुयोजनामा समावेश गरेको छ । करिब १० हजार जापानी नागरिकहरुको सहयोगबाट १९९८(अन्ठान्बबे) देखि अस्पताल सुरु भएको थियो । बुटवल उपहानगरको करिब १० विगाहा क्षेत्रफलमा सञ्चालित र एक सय बेडको स्वीकृती पाएको अस्पतालमा बाल रोग बहिरंग तथा अन्तरंग सेवा, बाल शल्यक्रिया सेवा प्रवाह भइरेहेका छ ।

प्रकाशित : १० माघ २०७८, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६