अर्थ-वाणिज्य

लुम्विनीमा राष्ट्रिय सभा चुनाव :गठबन्धन बिपक्षी एमाले भन्दा कतिले अगाडी ?




दाङ १० माघ । राष्ट्रियसभा सदस्यका लागि लुम्बिनी प्रदेशमा १२ माघमा निर्वाचन हुँदैछ । तीन पदका लागि लुम्बिनीमा निर्वाचन हुन लागेको हो । २० फागुनदेखि राष्ट्रियसभाका १९ जना सदस्यको कार्यकाल सकिने भएका कारण १२ माघमा सबै प्रदेशमा राष्ट्रियसभाको निर्वाचन गर्न लागिएको हो । लुम्बिनी प्रदेशको राजधानी दाङको घोराहीमा निर्वाचनको हुँदैछ । निर्वाचनमा तीन पदका लागि ६ जनाको प्रतिस्पर्धा छ । गठबन्धनको तर्फबाट संयुक्त उम्मेदवार प्रस्तुत भएका छन् भने एमाले एक्लै चुनावी प्रक्रियामा सामेल भएको छ ।

लुम्बिनी प्रदेशमा १२ जिल्लाका प्रदेशसभा सदस्य ८१ र १०९ स्थानीय तहका प्रमुख र उपप्रमुख २१५ जना गरी २९६ मतदाता रहेको निर्वाचन कार्यालयले जनाएको छ । राष्ट्रियसभाको मतभार सात हजार सात सय ५८ रहेको छ । लुम्बिनीमा गठबन्धनका उम्मेदवारले चुनाव जित्ने निश्चितप्रायः छ । मतभारका आधारमा गठबन्धनका उम्मेदवारको पक्षमा बहुमत हुने देखिन्छ । एक वर्षअघि भएको राष्ट्रियसभाको निर्वाचनमा पनि गठबन्धनका उम्मेदवारले विजय प्राप्त गरेका थिए । राष्ट्रियसभाको निर्वाचनमा कुल ३०५ मतदाता हुनुपर्ने लुम्बिनीमा नौजना मतदाता रिक्त छ । ८७ प्रदेशसभा सदस्यबाट ८१ जना र २१८ मतदाता रहेको स्थानीय तहबाट २१५ जनाले मत दिनेछन् ।

स्थानीय तहका प्रमुख र उपप्रमुख र अध्यक्ष र उपाध्यक्ष विपक्षी गठबन्धनका बढी छन् । लुम्बिनीका स्थानीय तहमा कांग्रेसले ११ नगरपालिकामा मेयर जितेको छ भने उपमेयर १० स्थानमा जितेको छ । गाँउपालिकामा अध्यक्ष २७ स्थानमा जितेको छ भने उपाध्यक्ष ३० स्थानमा जितेको छ । त्यसअनुसार कांग्रेसका प्रमुख र उपप्रमुख र अध्यक्ष र उपाध्यक्ष गरी ६३ मतदाता छन् । माओवादी केन्द्रका ३६ प्रमुख उपप्रमुख छन् । एकीकृत समाजवादीका चारजना प्रमुख, उपप्रमुख छन् । जसपाका १३ प्रमुख, उपप्रमुख छन् । जनमोर्चामा पाँच प्रमुख, उपप्रमुख छन् । राप्रपाका दुई र स्वतन्त्र चार प्रमुख, उपप्रमुख छन् । एमालेका ८८ प्रमुख,उपप्रमुख छन् ।
प्रदेशसभा सदस्यमा एमालेका ३६, काँग्रेसका १९, माओवादीका १९, जसपाका चार, राजमोको एक, एकीकृत समाजवादीका एकजना छन् । प्रदेशसभा सदस्यको मतभार ४८ र पालिका प्रमुख, उपप्रमुखको १८ मतभार रहेको छ। यसरी हेर्दा गठबन्धनका उम्मेदवारहरूको मतभार धेरै हुने देखिन्छ । प्रदेश सांसदको मतभार तीन हजार आठ सय ८८ र पालिका प्रमुख, उपप्रमुखको मतभार तीन हजार आठ सय ७० रहेको छ ।करिव १ हजार मतभारले विपक्षी गठबन्धन एमाले भन्दा बलियो रहेको छ ।

प्रकाशित : १० माघ २०७८, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६