खोज–अनुसन्धान

लुम्विनीमा संक्रमणदर ६० प्रतिशत :अस्पत्ताल भर्नादर अत्यन्तै न्यून




बुटवल ११ माघ।लुम्बिनी प्रदेशमा कोरोना संक्रमण दर करिब ६० प्रतिशत पुगेको छ । प्रदेश स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सय जनाको परीक्षण गर्दा करीब ६० जनामा संक्रमण पुष्टि हुने गरेको छ ।संक्रमितमध्ये ५ हजार ३६(छतिस) जना होम आइसोलेसनमा, ५० जना संस्थागत आइसोलेसनमा, ३३ जना आईसीयू र १ जना भेण्टिलेटरमा उपचाररत रहेका डा. देवकोटाले जानकारी दिनुभयो ।
संक्रमण दर बढी भएपनि अस्पतालमा भर्ना हुने दर पहिलाको तुलनामा धेरै कम रहेको र पुस १० यता प्रदेशमा ११ जनाको मृत्यु भएको स्वास्थ्य, जनसंख्या तथा परिवार कल्याण मन्त्रालयका सचिव डा. विकाश डा. देवकोटाले बताउनुभयो । प्रदेशका विभिन्न अस्पतालहरुमा ६ सय २४ एचडीयू ,२ सय ५३ आईसियु र ६२ वटा भेन्टिलेटर बेड तयारी अवस्थामा रहेका छन् । प्रदेशमा अहिलेसम्म लक्षित जनसंख्या मध्ये ८३ प्रतिशतलाई पहिलो र ६५ प्रतिशतलाई दोश्रो मात्राको कोरोनाविरुद्धको खोप लगाइएको मन्त्रालयले जनाएको छ ।
प्रदेशमा अझैं १८ लाख ६२ हजार भन्दा बढी डोज खोप आवश्यकता रहेको सचिव देवकोटाले जानकारी दिए । लुम्बिनी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचनले कोरोना संक्रमण नियन्त्रण, खोप अभियान र उपचारलाई पहिलो प्राथमिकतामा राख्न सरकारलाई आग्रह गरेका छन् ।

प्रकाशित : ११ माघ २०७८, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६