कपिलवस्तु ११ माघ।कोरोना संक्रमणको तेश्रो भेरिएन्ट तीब्ररुपमा बढीरहेका बेला कपिलवस्तुको तौलिहवा बजारको चोक चोकमा एन्टीजीन परिक्षण क्याम्प सुरु गरिएको छ । एसएसबिएचको सहकार्यमा स्वास्थय कार्यालयले सेवाग्राहीको सुबिधालाई मध्यनजगर गरी सो क्याम्पस संचालन गरिएको हो । क्याम्पमा उनीहरुलाइृ परामर्श सहीत निःशुल्क परिक्षण गरिएको हो । तौलिहवाको गौढी चोकमा २ दिने एन्टीजेन परिक्षण क्याम्प संपन्न गरिएको छ । शनिवार १ सय २८ जना परिक्षण गर्दा २७ जना पोजेटिभ देखिएको स्वास्थ्य कार्यालयका कोरोना फोकल पर्सन उमेशचन्द्र घिमिरेले बताउनुभयो । यस्तै सोमवार २७ जना परिक्षण गर्दा ३ जना पोजेटि देखिएका छन । स्वास्थय कार्यालयका प्रमुख हेमराज पाण्डेयले कोरानो संक्रमण फैलिरहेका बेला जनतालाई सेचेत गराउन आफुहरुले सदरमुकाम तौलिहवाको चोकमा क्याम्प संचालन गरिएको बताउनुभयो ।
एन्टीजेन परिक्षण जिल्लाका सबै अस्पताल र स्वास्थ्य चौकीमा गर्न सकिने उनले बताए । सेवा लिन आउने सेवाग्राहीलाई सेचेत गराउदै निःशुल्क मास्क समेत बाडिएको उहाले बताउनुभयो । यस्तो क्याम्प जिल्लाका अन्य पालिकाको चोकमा समेत संचालन गरिने उनले बताए । अर्को क्याम्प सीमा नाका मर्यापुरमा संचालन गर्ने योजना छ । उता भारतका बिभिन्न शहरबाट फर्केकाहरुलाई कृणनगर नाकामा समते एन्टीजेश परिक्षण जरी छ । यस्तै मर्यादपु र चाकरचौडा नाकामा समते एन्टीजेश परिक्षणको सेवा संचालन गरिने पाण्डेयले बताउनुभयो । तेश्रो भेरिएन्टको क्रममा जिललामा ३ सय बढी संक्रमित भई सकेका छन ।
११ माघ २०७८, मंगलबार
प्रतिक्रिया