जीवनशैली

टेकुमा स्थगित खोप अभियान आजदेखि फेरि सञ्चालनमा



काठमाडौं ११ माघ – शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा स्थगित खोप अभियान आज मङ्गलवारदेखि फेरि सञ्चालनमा आउने भएको छ ।

अस्पतालले हिजो सोमवार विज्ञप्ति निकालेर भोलिदेखि नियमित रूपमा खोप कार्यक्रम सञ्चालन हुने जनाएको हो । अस्पतालका ५० जनाभन्दा धेरै डाक्टर, स्वास्थ्यकर्मी तथा कर्मचारी कोरोना सङ्क्रमित भएपछि टेकुमा आइतवारदेखि खोप कार्यक्रम स्थगित गरिएको थियो ।

काठमाण्डौ महानगरपालिका स्वास्थ्य शाखा, नेपाल रेडक्रस सोसाइटी काठमाण्डौबाट जनशक्ति व्यवस्थापन हुने भएकाले भोलि बिहान १० बजेदेखि फेरि नियमित खोप कार्यक्रम सञ्चालन हुने अस्पतालले निकालेको विज्ञप्तिमा उल्लेख छ ।

प्रकाशित : ११ माघ २०७८, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६