जीवनशैली

आजदेखि आउँदो तीन दिनसम्म देशभरको मौसम पूर्णरुपमा सफा



काठमाण्डौ ११ माघ ।
आजदेखि मौसममा सामान्य सुधार आएको छ ।मौसममा आजदेखि सामान्य सुधार भए पनि आउँदो तीन दिनसम्म देशभरको मौसम पूर्णरुपमा सफा हुने सम्भावना भने नरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

पश्चिमी न्यूनचापीय प्रणालीको असर कायमै रहेकोले देशैभरि बद्लीको सम्भावना रहेको तर हिजोको तुलनामा आज मौसम केही सुधार हुने मौसमविद् सजिना शाक्यले बताउनुभयो ।

आज पहाडी भेगमा बिहानीपख केही बेर घाम लाग्ने तर दिउँसोपछि पुनः बादल लाग्ने सम्भावना रहेको उहाँले बताउनुभयो । आज पहाडी केही ठाउँमा वर्षा र उच्च पहाडी तथा हिमाली क्षेत्रमा सामान्य हिमपातको पनि सम्भावना छ ।

तराईका जिल्लामा भने अहिले धेरैजसो ठाउँमा हुस्सु र कुहिरो लागेको छ । दिउँसोपख हुस्सु हट्न थाल्ने तर बेलुकीपख फेरि बद्ली हुने सम्भावना रहेको महाशाखाले जनाएको छ ।

प्रकाशित : ११ माघ २०७८, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६