प्रदेश

राष्ट्रिय सभा चुनावमा प्रदेश १ मा मात्र राप्रपाले मतदान गर्ने ।



काठमाण्डौ, ११ माघ । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले भोलि बुधवार हुने राष्ट्रिय सभाको चुनावमा प्रदेश १ मा मात्र मतदान गर्ने भएको छ ।

पार्टीको आज मङ्गलवार बसेको केन्द्रीय पदाधिकारी बैठकले यस्तो निर्णय गरेको महामन्त्री भुवन पाठकले प्रेस विज्ञप्ति निकालेर यो जानकारी दिनुभएको हो ।

राप्रपाले प्रदेश १ मा पार्टीका उम्मेदवारहरू अम्बरबहादुर विष्ट र रञ्जु प्याकुरेललाई मतदान गर्न निर्देशन दिएको हो । त्यस्तै अन्य प्रदेशमा पार्टीका उम्मेदवार नभएकाले पार्टीका तर्फबाट प्रतिनिधित्व गर्ने मतदाताहरूलाई मतदान प्रक्रियामा सहभागी नहुन निर्देशन दिने निर्णय गरिएको विज्ञप्तिमा उल्लेख छ ।

प्रकाशित : ११ माघ २०७८, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६