प्रदेश

रामेछापका महिलालाई गाउँमै रोजगारी ।



रामेछाप, ११ माघ । गाउँमा जुनारको जुस बनाउने उद्योग खुलेसँगै रोजगारी पाएपछि रामेछाप नगरपालिका–७ सुकाजोरका महिलाहरु खुसी भएका छन् ।

उद्योग सञ्चालनमा आएपछि गाउँका महिलाहरुले आफ्नो घरको काम सकेर फुर्सदको समयमा जुनारको दाना तास्ने काम गर्छन् । उनीहरुले जुनारको दाना तास्ने कामबाट प्रतिव्यक्ति मासिक २० देखि ३० हजार रुपैयाँसम्म कमाउने गरेको रामेछाप नगरपालिका–७ सुकाजोरकी सावित्रा कार्कीले जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो– हामी महिलाहरु घरको चुलोचौको गरेर बसेका थियौँ। आम्दानीको श्रोत नहुँदा सधै घरखर्च घरका मुलीसँग माग्नुपर्ने बाध्यता थियो । अहिले गाउँमै जुनारको जुस उद्योग खुुलेपछि छोटो समय भए पनि काम पाएका छौँ ।

बिहान र बेलुकाको घरको सबै काम सकेर बाँकी फुर्सदको समयमा जुनारको बोक्रा तास्ने कामबाट मासिक ३० हजार रुपैयाँसम्म कमाउन पाउँदा आफूहरु ज्यादै खुसी भएको कार्कीले बताउनु भयो ।

यतिखेर सुकाजोरका १ सयजना महिलाहरुले यस उद्योगमा रोजगारी पाएका छन् । कलेज पढ्ने छात्राहरुले पनि बिहान कलेज पढेर फर्केपछि दिउँसोको फुर्सदको समयमा जुनार उद्योगमा नै काम गर्दै आएका छन् । पकेट खर्च र कजेलको शुल्क बुझाउन समेत आफ्नै कमाइले पुग्दै आएको रामेछाप नगरपालिका–७ सुकाजोरकी रेजीना कार्कीले बताउनु भयो ।

उहाँले भन्नुभयो–ुपहिला गाउँमा केही गरौँ भन्दा पनि काम गर्ने अवसर पाएका थिएनौँ । अहिले जुस उद्योग सञ्चालनमा आएको छ । जुस बनाउनको लागि जुनारको दाना छिल्ने काम केही महिना भए पनि पाएका छौँ। बिहानको समय कलेज पढेर फर्कने र दिउँसोको खाली समयमा उद्योगमा आएर काम गरेर आफूलाई पुग्ने पैसा आफैँ कमाइ गर्दा धेरै खुुशी छौँ। अहिले घरका अभिभावकसँग खर्च माग्नु पर्ने अवस्थाको अन्त्य भएको कार्की बताउनुहुन्छ ।

जिल्लामा जुनार भण्डार गर्ने चिस्यान केन्द्र नहुुँदा जुनार पाक्ने सिजनमा मंसिरदेखि माघसम्म तीन महिना मात्रै गाउँका महिलाहरुले रोजगारी पाउने गरेका छन् । जुनाार पाकेपछि पछिसम्म राख्ने स्टोर नहुँदा जुनार कुहिने डरले एकै पटक जुनार पेलेर जुस राख्ने गरिएको मन्थली डिलक्स एग्रो फरेष्टी प्रा.लि.का प्रोपाइटर लोकेन्द्र श्रेष्ठले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो जिल्लामा चिस्यान केन्द्र निर्माणको क्रममा छ, कहिले सम्पन्न हुन्छ थाहा छैन। चिस्यान केन्द्र नहुँदा जुनार पाकेको सिजनमा एकैपटक बोटबाट टिप्नुपर्ने र तत्काल नै पेली हाल्नुपर्ने अवस्था छ । जुनार धेरै समय राख्दा कुहिने डरले चाँडै पेल्नुपर्ने समस्या छ । चिस्यान केन्द्र भएपछि यो समस्याबाट मुक्ति मिल्ने र रोजगारी पनि बाह्रै महिना दिन सकिने श्रेष्ठ बताउनुहुन्छ ।

जुनार पाक्ने सिजनमा जुनारको जुस बनाएर राख्ने र यसबाट जुस बनाउने गरिन्छ । जुस प्लास्टिकको बोतलमा राखेर बाह्रै महिना बजारमा बिक्रीको लागि लैजाने गरिन्छ । जुनारको जुस कोसेलीको रुपमा लैजाने र बाहिरी जिल्लाबाट भ्रमण आएका पाहुनालाई जिल्लाको पहिचानको रुपमा जुस बिक्री गरिँदै आएको छ ।

प्रकाशित : ११ माघ २०७८, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६