जीवनशैली

कपिलवस्तुमा सिरिन्ज र स्वास्थयकर्मीै नहुदा स्थगित भएको खोप अभियान पुनः सुचारु



कपिलवस्तु ११ माघ – कपिलवस्तुमा सिरिन्ज अभाव र स्वास्थयकमीत संक्रमित भएका कारण स्थगित भएको कोरोना बिरुद्धको अभियान मंगलवार प्नः सुचारु हुने भएको छ । गत माघ ८ गते देखि खोप अभियान चलाउने भनिए पछि खोप, सिरिन्ज र स्वास्थयकर्मीैको उपलब्ध नहुदा अभियान स्थगित गरिएको थियो ।

गत माघ ८ गते देखि स्थगित गरिएको कोभिड–१९ खोप अभियान यही माघ १२ गते देखि पुनः सुचारू हुने स्वास्थय कार्यालयका प्रमुख हेमराज पाण्डेयले बताउनु भयो । पहिलो मात्रा कोभिसिल्ड वा अस्ट्राजेनिका वा भेरोसेल लगाएका सम्पूर्णले दोस्रो मात्रा खोप केन्द्रमा लगाउन उहाँले आग्रह गर्नु भयो । २०७८ असार मसान्त सम्म कोभिसिल्ड।अस्ट्राजेनिका वा भेरोसेल को दोस्रो मात्रा पुरा गरेका सम्पूर्णले थप मात्रा (बुष्टर) लागउन सक्ने उहाँले बताउनु भयो ।

यस्तै १२ वर्ष देखि १७ वर्ष उमेर समूहका किशोर किशोरीहरुलाई मोर्डना खोपको दोस्रो मात्रा यही माघ १६ गते देखि लगाउने कार्यक्रम रहेको उहाँले बताउनु भयो । खोप सरकारी अस्पताल र जिल्लाका ९६ वटै वडामा रहेको स्वास्थ्य चौकीमा लगाउन सकिने छ । जिल्लामा कोभिशील्ड वा एक्ट्राजेनिका गरी १ लााख ६ हजार ७९३ जनाले लगाएको कोरोना फोकल पर्सन उमेशचन्द्र घिमिरेले बताउनु भयो । यस्तै दोश्रो डोज ६० हजार ७७२ जनाले भेरोसिल पहिलो डोज १ ला ५१ हजार ७७ जनाले र दोश्रो डोज १ लाख ३३ हजार ७५० जनाले लगाएका छन । यस्तै जोन्सन एन्ड जोन्सन ८३ हजार ५३९ तथा मोर्डना ७३ हजार ८१० जनाले लगाएका छन । यस्तै थप ८१७ जनाले समते खोप लगाएका छन ।

प्रकाशित : ११ माघ २०७८, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६