अर्थ-वाणिज्य

बुटवलको पहिरो ब्यवस्थापन गर्न २ करोड ४५ लाख बजेट बिनियोजन




रुपन्देही ११ माघ । बुटवलमा चुरे क्षेत्रबाट खसेको पहिरो व्यवस्थापन गर्न चुरे तिनाउ संरक्षण समितिले क्षेत्रगत बजेट बाँडफाँट गरेको छ । उक्त बजेट ज्योतिनगर, लक्ष्मीनगर र पाखापानीकार लागि क्षेत्रगत रुपमा बाँडफाँट गरिएको हो । ज्योतिनगरका लागि एक करोड २५ लाख, लक्ष्मीनगरको लागि एक करोड पाँच लाख र पाखापानीको लागि १५ लाख रुपैयाँ विनियोजन गरिएको छ ।

यस्तै प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीको अध्यक्षतामा बसेको सरोकारवालाको बैठकले यस वर्ष थप ४ करोड बजेट पठाइदिन आग्रह गरेको छ ।बुटवल उपमहानगरपालिकाले यस वर्ष पहिरो प्रभावित क्षेत्रको माटो सफाइ गर्न र बस्तीभित्रको कलभर्ट निर्माणका लागि ८५ लाख लगानी गरिसकेको छ । हाल १५ लाख रुपैयाँ थप विनियोजन गरी खोल्सी सुधारका लागि काम गरिरहेको छ ।

प्रकाशित : ११ माघ २०७८, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६