खोज–अनुसन्धान

तत्काल स्थानीय चुनाव तोक्न निर्वाचन आयोगको सरकारलाई पुन ताकेता




काठमाडौं ११ माघ । निर्वाचन आयोगले तत्काल स्थानीय तहको निर्वाचनको मिति तोक्न सरकारलाई आग्रह गरेको छ। मंगलवार विज्ञप्ति जारी गर्दै आयोगले १ बैशाखभित्रै स्थानीय तहको निर्वाचन गराउन आयोग तयार रहेको भन्दै चुनावको मिति तोक्न सरकारलाई आग्रह गरेको हो।यसअघि आयोगले जेठ ८ र पुस ९ मा सरकारलाई र पुस ३० गते सर्वदलीय बैठक मार्फत १६ दललाई ध्यानकर्षण गराएको थियो। स्थानीय तह निर्वाचन ऐन २०७३ को दफा ४ अनुसार २०७८ जेठ ५ गते स्थानीय तह रिक्त रहने भएकाले चुनावको मिति तोक्न आयोगले ताकेता गरेको हो। बैशाख १४ र २२ गते चुनाव गर्न आयोगले प्रस्ताव गरेको थियो।

निर्वाचनको मिति तोक्न ढिला भएमा व्यवस्थापनमा जटिलता हुने भन्दै आयोगले सरकारलाई सचेत गराएको हो।‘स्थानीय तहको निर्वाचनको मिति तोक्न जति विलम्ब हुँदै जान्छ त्यति नै निर्वाचनको व्यवस्थापनको कार्य व्यवहारिक एवं प्राविधिक कारणले जटिल बन्दै जान्छ,’ आयोगले भनेको छ।सत्तारुढ गठबन्धनले भने स्थानीय तहको निर्वाचन आयोगले प्रस्ताव गरेको समयमा गर्न नसकिने भन्दै आउने चैतसम्म धकेल्ने तयारी गरिरहेका छन्। गठबन्धनका नेताहरुले तीनै तहको निर्वाचन एकै पटक गर्न पनि सरकारलाई सुझाव दिइरहेका छन्।

प्रकाशित : ११ माघ २०७८, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६