प्रदेश

राष्ट्रियसभा निर्वाचनः लुम्बिनीमा मतदान सुरु




दाङ, १२ माघ ।
राष्ट्रियसभा निर्वाचन अन्तर्गत लुम्बिनीमा मतदान सुरु भएको छ । दाङको घोराही स्थित कर्मचारी मिलन केन्द्रमा मतदान सुरु भएको हो । विहान ९ बजेदेखि सुरु भएको मतदान कार्य दिउसो ३ बजेसम्म चल्ने प्रदेश निर्वाचन कार्यालय दाङका सूचना अधिकारी गेहेन्द्र कुँवरले बताए ।
सुरुमा मुख्यमन्त्रि कुलप्रसाद केसी, निबर्तमान मुख्यमन्त्रि शंकर पोखरेललगनयतले मतदान गरेर निर्वाचन कार्यको उद्घाटन गरिएको हो ।

मतदानकालागि दुईवटा मतदान केन्द्र तोकिएको छ । एउटा मतदान केन्द्रमा प्रदेश सभाका सदस्यले मतदान गरिरहेका छन्, भने अर्का मतदान केन्द्रमा पालिकाका प्रमुख तथा उपप्रमुखहरुले मतदान गरिरहेका छन् ।मतदानकालागि १८ जना कर्मचारी परिचालन गरिएको छ ।

साथै आज नै नतिजा प्रकाशन गर्ने तयारी रहेको सूचना अधिकारी कुँवरले बताए । लुम्बिनीमा तीन जनाको लागि निर्वाचन हुन लागेको हो । महिला, दलित तथा अन्य समुदायका लागि निर्वाचन हुन लागेको हो । निर्वाचनमा सत्तारुढ दलको तर्पmबाट ३ जना र नेकपा एमालेको तर्फबाट तीन जना उम्मेदवारले उम्मेदवारी दिएका छन् । सत्तारुढ दल अन्र्तगत नेपाली कांग्रेसबाट बाँकेका युवराज शर्मा, नेकपा एकीकृत समाजवादी बाट पाल्पाकी राजेन्द्रलक्ष्मी गैरे र राष्ट्रिय जनमोर्चा राजमो को तर्फबाट रुपन्देहीका तुलप्रसाद विश्वकर्मा उम्मेदवार रहेका छन् ।
त्यस्तै एमालेको तर्फबाट दाङ घोराहीका रामदयाल गुप्ता, बाँकेकी भारती खनाल उपाध्याय र गुल्मीका कृष्ण सुनार उम्मेदवार रहेका छन् । लुम्बिनीमा प्रदेश सभा सदस्य ८१ र स्थानीय तहका प्रमुख र उपप्रमुख २ सय १५ गरी २ सय ९६ मतदाता छन् ।
राष्ट्रिय सभाका २० सदस्यको कार्यकाल आगामी फागुन २० गते सकिँदै छ । जसमा लुम्बिनी प्रदेशबाट कोमल ओली, दृगनारायण पाण्डे र रामलखन चमारको चार वर्षे कार्यकाल सकिँदैछ । संविधानले राष्ट्रिय सभाका सदस्यको पदावधि सकिनुभन्दा ३५ दिन अघि नै निर्वाचन गरी सक्नु पर्ने व्यवस्था गरेको छ ।

तस्वीर सिता डोटेल (पत्रकार)

प्रकाशित : १२ माघ २०७८, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६