खोज–अनुसन्धान

कपिलवस्तुका प्रजिअ पाण्डे बिपन्नका घरघरमा कम्वल वोकेर पुगे



कपिलवस्तु १२ माघ। लामो सयम देखि जारी शीतलहरले पीडीत बनेका अति बिपन्न परिवारलाई कपिलवस्तुका सिडिओ गाउ गाउमा मै पुगेर कम्मल बाड्नु भएको छ । प्रजिअ चक्रपाण्ी पाण्डेय गाउ गाउ मै पुगेर अति बिपन्न परिवारलाई कम्मल हस्तान्तरण गर्नु भएको हो । जिल्ला बिपद ब्यवस्थापन समितिले गरेको निर्णयका आधारमा जिल्ला सुरक्षा समितिको टोली सहीत उहा बुधवारबाट गाउ गाउ पुग्नु भएको हो ।
बुधवार प्रजिअ पाण्डे सहीतको टोलीले रंगपुर, मयाएदपुर, जहदी, ओदारी पुगेर बिपन्न परिवारलाई कम्मल हस्तान्तरण गरेको थियो । जिल्लामा रहेको २९ वटा प्रहरी युनिट मार्फत अति बिपन्न परिवारको विवरण संकलन गरिएको हो । १ सय ९९ जना अति विपन्न परिवारलाई चार सय कम्मल बाडिने प्रजिअ पाण्डेयले जनाकारी दिनु भयो पालिकाहरुसंग बिपन्न परिवारको सुची माग गर्दा नमावली आउन ढिलाई गरिएकाले प्रहरी युनिटबाट नामावली संकलन गरिएको थियो । गृहमन्त्रालयको योजना अनुसार बिपद ब्यवस्थापन समितमा आएको बजेटबाट सो कम्मल बाडिएको हो ।
टोलीमा प्रजिअ पाण्डे, नेपाल प्रहरीको प्रहरी उपरिक्षक दान बहादुर कार्की, राष्ट्रिय अनुसंधान कपिलवस्तुका प्रमुख योगेन्द्र केसी सशस्त्र प्रहरी नायब उपरिक्षक हरि शर्मा रहनु भएको छ । प्रजिअ पाण्डेयले नामावली आउन अलि ढिलो भएकाले बिपन्न परिवारलाई कम्मल बितरणमा केही ढिलाई भएको बताउनु भयो । जाडोयाममा कम्मपल पाए पछि बिपन्न परिवार हर्षित बनेका छन ।
गत असारमा फुसको घरमा आगलागि भए पछि नोतदारको गोठमा कष्टकर जीवनयापन गर्दै आएकी यशोधरा गाउपालिका– ५ नदवाकी फातमा खातुनले २ वटा क्रम्मल पाउदा आफनो परिवारलाई धेरै राहत मिलेको बताउनु भयो । ‘ ४ जनोका परिवार गोठमा बस्दै आएका छौ, कसैले कहेी सहयोग गरेका छैन ’ उहले भन्नु भयो ‘ यस्तो बेलामा सिडिओ सापको हातबाट कम्मल पाउदा निकै खुशी लागेका छ ।
यशोधरा गाँउपालिका ५ का भोले रैदासले आफु जस्तो गरिब परिवारलाई सिडिओले कम्मल दिएर निकै पुन्यको काम गरेको बताउनु भयो । नेताहरुले भोटकालागि आ– आफनो मान्छेहरुलाई कम्मल बितरण गरिहेको बेला सिडिओले भने वास्तविक बिपन्न परिवारलाई कम्मल दिएको उहाको भनाइछ । २ दिन भित्र सबै विपन्न परिवारलाई कम्मल बितरण गरिने प्रजिअ पाण्डेयले जानकारी दिनु भयो । प्रत्येक परिवारलाई २ थानका दरले कम्मल बाडिएको थियो ।

प्रकाशित : १२ माघ २०७८, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६