कपिलवस्तु १२ माघ – कपिलवस्तुको शिवराज नगरपालिकाका मेयर नेत्रराज अधिकारीले निर्वाचन ताका नगरलाई आफ्नै भवनमा सार्ने प्रतिबद्धता गरेका थिए । अधिकारीको त्यो प्रतिबद्धता अन्ततः सपनामै सीमित भएको छ । भवन बनाउन धेरै मेहनतका साथ लागे पनि नगरकै कमजोरीका कारण भवन बन्न सकेको छैन ।
निर्वाचन पश्चात् सबै जसो कार्यक्रममा मेयर अधिकारीले भन्ने शब्दले व्यवहारमा पूर्णता पाउन नसक्ने निश्चित छ । मेयर अधिकारीको यो कार्यकाल वैशाखमा चुनाव भएमा अब केहि महिना मात्र वाकी छ । अदालतले फैसला गरे पनि अधिकारीको कार्यकालमा भवन बन्ने सम्भावना छैन ।
२०७६ साल माघ १६ गते शिवराज नगरपालिका ५ चन्द्रौटा रहटकोल गाउँमा भवन बनाउन शिलान्यास भएको थियो । भवन शिलान्यास गरेको दुई वर्ष पुग्न लागि सक्दा पनि नगरको भवन बन्न सकेको छैन । सुरुमा भवन निर्माण स्थलमा सार्वजनिक जग्गा रहेको भन्ने वाट सुरु भएको विवादले अन्त्यमा गाउँवासीको उठीबास लगाएको समेत आरोप लागेको छ ।
नगरप्रमुख नेत्रराज अधिकारी
केही समय अघि भवन बन्नुपर्ने भनेका गाउँले पछिल्लो समय भवन बनाउन नदिने भन्दै अदालतमा मुद्दा दायर गरेका छन् । चौधरी समुदायको बाहुल्यता रहेको रहटकोलमा नागरिकहरूको उठीबास हुने भन्दै भवन निर्माणको काम रोक्न माग मुद्दा दर्ता गरिएको थियो । अहिले उक्त मुद्ध सर्वोच्च अदालतमा पेशि मै सीमित छ ।
शिलान्यास गरेको केही समयमा वाट सुरु भएको विवाद समाधान नहुँदा भवन निर्माणको काम अलपत्र परेको छ । सुरुमा सार्वजनिक जग्गा अतिक्रमण गरी बनाउन लागेको भन्दै मुद्दा दायर गरिएको थियो । यो मुद्दा जिल्ला,पुनरावेदन हुँदै सर्वोच्च सम्म पुग्दा नगरपालिकाको पक्षमा फैसला गरेपछि काम सुरु भएको थियो ।
त्यसपछि शिवराज नगरपालिकाले उक्त स्थानमा भवन बनाउने काम सुरु गरेको हो । वर्षौँ देखि स्थानीयहरूले उक्त जग्गाको कर तिरेको कागजात सहित मुद्दा दायर गरेपछि अहिले न निल्नु न ओकल्नु जस्तै भएको छ । भवन नबनाउने हो भने त्यहाँ करिब डेढ करोड बढी खर्चिइसकेको छ, बनाउन अदालत रोक्का गरेको छ ।
मालपोत कार्यालयलाई लेखेको पत्र
नेपाली काँग्रेसका नेता हरि पोख्रेल, नेकपा एसका नेता जगतमान केसी लगाएतको एक समूहले कुनै पनि हालतमा त्यस ठाउँमा भवन बनाउन नहुने भन्दै स्थानीयहरूलाई सहयोग गर्दै आइरहेका छन् । भवन बनाउने ठाउँमा दुई वटा कित्ता रहेको र उक्त कित्ताको केही भागमा स्थानीयहरूले खेती गर्दै आएका थिए भने अन्य भागमा पोखरी थियो । दुवै कित्तामा कुनै पनि नागरिकहरूको बसोबास नरहेको भन्दै नगरपालिकाले मालपोतलाई पत्र काटेपछि नगरपालिका चुकेको छ । भवन निर्माण गर्न नगरले १ करोड ५४ लाख खर्च गरिसकेको छ ।
कहाँ चुक्यो नगरपालिका ?
नगरको भवन बनाउन पालिका मात्र होइन विपक्ष दलहरूले पनि समर्थन गरेका थिए । पहिलो चरणमा मुद्दा जितेको पालिका दोस्रो चरणमा भने कतिपय विषयमा चुकेको नागरिकहरूको भनाई छ । नगरको भवन अति आवश्यक रहेकोले जसरी भए पनि भवन बनाउन सरोकारवालहरूको जोड छ ।
विवाद भवन निर्माण स्थल अर्थात् कित्ता न ५८ र ५९ हो । ५८ नम्बरको कित्तामा १५ कट्ठा जग्गा छ भने ५९ नम्बरमा २ कट्ठा जग्गा छ । मालपोत कार्यालय चन्द्रौटाले ती जग्गाहरू कसैले जोत भोग गरे नगरेको तथा कुनै पनि कर लिए नलिएको विषयमा नगरपालिका सँग बुभ्mन पत्र काटेको थियो ।
नगरपालिकाले २०७६ पुस २९ गते मालपोत कार्यालयलाई उक्त जग्गा कसैले पनि जोत भोग नगरेको र कर नतिरेको भन्दै पत्र पठायो । उक्त जग्गाको नगरले कर लिइरहेको र केही घरहरू पनि रहेकोले नगरपालिको पत्र झुटो देखिएको छ ।
अविश्वासी जनता
सुरुको चरणमा परेको मुद्दाको विषयमा नगरपालिकाको भवन सोही ठाउँमा बन्नुपर्ने भन्दै पटक पटक आन्दोलन गरेको रहटकोल वासी केही समयमै परिवर्तन भई भवन बनाउन कुनै पनि हालतमा नदिने सोचमा छन् । एक वर्ष अघि नगरपालिका आगडी एक वृहत कार्यक्रम र ¥याली गरी भवन निर्माण सुरु भएको स्थलमा भवन बन्नुपर्ने माग रहेको थियो ।
पछिल्लो समय त्यही गाउँ नागरिकहरू उठीबास हुने भन्दै पटक पटक काठमान्डौ धाएका छन् । राजनीतिक प्रभाव कारण यस्तो समस्या आएको स्थानीहरूको भनाई रहेको छ । चौधरी समुदायका बाहुल्यता रहेको उक्त गाउँमा नगर उपप्रमुख शिवकुमारी थारु लगायतको टोलीले पटक पटक छलफल गर्न माग गरे पनि अस्वीकार गरेको बताइएको छ ।
प्रतिक्रिया