अर्थ-वाणिज्य

आदेश उल्लंघन गर्दै भौतिक कक्षा सञ्चालन गर्ने कपिलवस्तुका २ प्रिन्सिपल नियन्त्रणमा पक्राऊ



कपिलवस्तु १३ माघ ।कोरोना नियन्त्रणका लागि जिल्ला प्रशासन कार्यालय कपिलवस्तुको आदेश उल्लंघन गर्दै भौतिक कक्षा सञ्चालन गर्ने निजी विद्यालयका प्राचार्यलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।बुधबार जिल्लाको कृष्णनगर नगरपालिकाका सेन्ट ज्युड्स अङ्ग्रेजी बोर्डिङ स्कुल र ब्राइट वे अङ्ग्रेजी बोर्डिङ स्कुलका प्रिन्सिपललाई इलाका प्रहरी कार्यालय कृष्णनगरले नियन्त्रण लिएको हो ।दुवै विद्यालयले कक्षा ८ देखि १० सम्मका विद्यार्थीलाई विद्यालयमा राखेर पठनपाठन गराइएको अवस्थामा नियन्त्रणमा लिइएको थियो ।

प्रहरीमा स्थानीयले सूचना दिएपछि नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रवक्ता प्रहरी नायव उपरीक्षक धर्मराज भण्डारीले बताए ।बिहान ११ बजे नियन्त्रणमा लिएर भौतिक कक्षा बन्द गर्ने सर्तमा छाडिएको थियो । जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले माघ ४ गते आदेश जारी गर्दै जिल्ला भरीका विद्यालयमा भौतिक पठन पाठन बन्द गरेको छ ।प्रशासनले कृषि हाटबजार बन्द गर्ने आदेश दिए पनि जिल्ला भरी खुला रूपले हाटबजार सञ्चालन भएको छ । हाटबजार आउने मानिसहरू स्वास्थ्य मापदण्डको ख्याल नगर्दा कोरोना संक्रमण अझै फैलिन सक्ने सम्भावना देखिएको छ ।

प्रकाशित : १३ माघ २०७८, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६