अन्तर्राष्ट्रिय

भैरहवा अन्तराष्ट्रिय बिमानास्थल ३० अर्ब लगानीमा निर्माण सम्पन्न



भैरहवा १३ माघ ।भैरहवामा गौतम बुद्ध बिमानस्थलको निर्माण कार्य सकिएको छ ।। यस सँगै अब क्यालिब्रेशन फ्लाईटको मिति पनि नजिकिँदै गएको छ । क्यालिब्रेशन फ्लाईटकै तयारी र बिभिन्न तालिमको लागि अष्ट्रियाको प्राविधिक भैरहवामा रहेका छन् । यस अतिरिक्त क्यालिब्रेशन फ्लाईटकै तयारीका लागी एरोथाई बाट ४ जना थाई प्राविधिकहरु भैरहवा आई पुगेको बिमानस्थलले जानकारी दिएको छ । अब क्यालिब्रेशन फ्लाईट नभएसम्म यहि बसेर सम्पूर्ण काम गर्ने छन् ।
गौतम बुद्ध बिमानस्थल निर्माण परियोजनाका परियोजना प्रमुख प्रवेश अधिकारीले आइसीबी–१ र आईसीबी–२ अन्र्तगतका सबै काम पुरा भई सकेको जनाउदै हाल क्यालिब्रेशन फ्लाईटमै बढी जोड दिई रहेको बताउनुभयो । उहाले आयोजनाको काम अहिले हस्तान्तरणको चरणमा रहेको र जुन दिन क्यालिब्रेशन फ्लाईट हुन्छ त्यही दिन हस्तान्तरणको मिति पनि तोकिने उहाले जनाउनुभयो ।गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल निर्माणमा मुलतः तीन तहका काम सम्पन्न भएका छन् । पहिलो अन्तरराष्ट्रिय बोलपत्र (आइसिबी वान) अन्तर्गत ६ अर्ब ८२ करोडको ।
दोस्रो अन्र्तराष्ट्रिय बोलपत्र (आइसिबी टू) अन्तर्गत रु ५० करोडको काम र तेस्रो मुआब्जा वितरण रु २२ अर्ब ४० करोड भएको छ । त्यसका अतिरिक्त कार्गो निर्माणका लागि रु ९० करोडको काम भएको छ । यसरी सबै आयोजनाको काम जोड्दा रु ३० अर्बभन्दा बढीको लगानीमा भैरहवास्थित गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल निर्माण भएको छ । यो रकममा नेपाल सरकारको ३७ दशमलब ४ र एडिबिको ६२ दशमलब ६ प्रतिशत लगानी रहेको छ ।

प्रकाशित : १३ माघ २०७८, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६