काठमाडौं, १३ माघ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले केन्द्रीय कार्यसमिति बैठक बोलाएका छन् । बैठक भोली शुक्रबार बस्ने तयारी भएको सभापति देउवाको सचिवालयले जनाएको छ ।
कांग्रेस महामन्त्री गगनकुमार थापाका अनुसार कोरोना संक्रमणको जोखिमका कारण केन्द्रीय समिति बैठक भर्चुअल बस्ने तयारी छ ।
कांग्रेसको १४ औं महाधिवेशनबाट नयाँ कार्यसमिति चयन भएपछि तेस्रो पटक केन्द्रीय समिति बैठक बस्न लागेको हो । विधानमा कांग्रेस केन्द्रीय कार्यसमिति १६८ सदस्यीय हुने व्यवस्था छ । अहिले १४८ केन्द्रीय सदस्य छन् ।
महाधिवेशनबाट १३४ जना केन्द्रीय सदस्य निर्वाचित भएका थिए भने सभापतिमा दोस्रो बढि मत पाउने स्वतह केन्द्रीय सदस्य हुने विधानको व्यवस्था अनुसार डा शेखर कोइराला केन्द्रीय सदस्य भएका हुन् ।
कांग्रेसमा ३३ जना सभापतिले मनोनित गर्न पाउने व्यवस्था छ । जसअनुसार १३ जना केन्द्रीय सदस्य मनोनित भइसकेका छन् ।
प्रतिक्रिया