जीवनशैली

कीर्तिपुर नगरपालिकाको भवनमा एक युवक मृत अवस्थामा फेला



काठमाडौं १३ माघ : काठमाडौंको कीर्तिपुर नगरपालिकाको भवनमा एक युवक मृत अवस्थामा फेला परेका छन्। रामेछाप घर भएका ३५ वर्षीय शंकर खत्री मृत अवस्थामा नगरपालिकाको पाँचौं तल्लामा मृत भेटिएको प्रहरीले जानकारी दिएको छ।

बिहान अबेरसम्म पनि नउठेपछि स्थानीय र प्रहरीले ढोका फोडेर हेर्दा उनी मृत फेला परेका थिए। उनी केही समयदेखि नगरपालिकाको भवनमा पेन्टिङको काम गर्दै आएका थिए। मृतको शरीरमा कुनै चोटपटक भने देखिएको छ। अत्यधिक मदिरा सेवनको कारणले मृत्यु भएको हुनसक्ने आशंका गरिएको छ।

थप अनुसन्धानको लागि शवलाई पोस्टमार्टमको लागि अस्पताल पठाएको प्रहरीले जानकारी दिएको छ। त्यस्तै, काठमाडौंको शंकरापुर नगरपालिकामा निसास्सिएर एक दम्पत्तिको मृत्यु भएको छ। शंकरापुर नगरपालिका-३ स्थित घरमा ५२ वर्षीय पदमबहादुर थिङ र ४५ वर्षीय फूलकुमारी थिङको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।

प्रकाशित : १३ माघ २०७८, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६