कपिलवस्तु १३ माघ । केन्द्रीय तथ्याँक विभागले सबै जिल्ला र पालिकाको पनि जनसंख्या विवरण पनि सार्वजनिक गरेको छ । विभागले सार्वजनिक गरेको तथ्याँक अनुसार कपिलवस्तुका १० पालिका मध्ये वाणगंगा नगरपालिका सबैभन्दा बढी जनसङ्ख्या रहेको पालिका भएको छ भने विजय नगर गाउँपालिका सबै भन्दा कम जनसङ्ख्या भएको पालिका बनेको छ । राष्ट्रिय जनगणना २०७८ अनुसार कपिलवस्तुको वाणगंगाको जनसङ्ख्या ९७ हजार १ सय १४ भएको छ भने विजयनगर गाउँपालिकामा ४३ हजार ४ सय ४० पुगेको छ । त्यस्तै बुधबार सार्वजनिक भएको जनगणना रिपोर्ट अनुसार शिवराज नगरपालिकाको जनसङ्ख्या ८४ हजार ४ सय ५४ पुगेको छ
जनगणना २०७८ अनुसार कपिलवस्तुको जनसङ्ख्या ६लाख ८६ हजार ७ सय ३९रहेको छ । जसमा महिला ३, ४९, १३५ र पुरुष ३,३७,६०४ रहेको छ । कपिलवस्तुमा लैगिंक अनुपात ९६.७० रहेको छ भने वार्षिक जनसंख्या वृद्धिदर १.७६ प्रतिशत देखिएको छ भने परिवारको औसत आकार ५.६० रहेको छ । ०६८ सालको जनगणनामा कपिलवस्तुको जनसंख्या ५लाख ७१ हजार ९ सय ३६ थियो ।
प्रतिक्रिया