जीवनशैली

गठबन्धन बचाउन चुनाववाट भाग्नु लाचारीपन हो :महासचिव पोखरेल




दाङ १४ माघ ।नेकपा एमालेका महासचिब शंकर पोख्रेलले गठबन्धनको सरकार टिकाउने नाममा चुनाबबाट भाग्न नपाइने बताएका छन् । प्रेस चौतारी दाङले बुधबार घोराहीमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै महासचिब पोख्रेलले सो कुरा बताएका हुन् । उनले जनतामा जान डराउने गठबन्धनले आफ्नो आयु लम्ब्याउन कानुन माथी प्रश्न उठाउदै निर्वाचनको मिती सार्ने रणनीतिमा लागेको आरोप समेत लगाएका छन् ।
लोकतन्त्र, विकास र राष्ट्रिय स्वाधिनताको मुुद्धामा असफल भएको टिप्पणी गर्दै उनले अब खण्डित जनादेशको विकल्प जनतामा जाने र चुनाब गराउने नै भएको उल्लेख गरेका छन । सरकारले मस्यौदा बनाई संसदमा बिधेयक पेश गरेर संसदले बनाएको कानुन माथी नै प्रश्न उठाउने काम सरकारले गरेको प्रति आपत्ती जनाएका छन ।
तत्काल चुनाबको मिती घोषणा गर्न समेत उनले माग गरेका छन । गठबन्धन सँग एमाले एक्लै चुनाब लड्न तयार रहेको तर कानुन माथी दाग लगाएर चुुनावबाट भाग्न भने नपाईने स्पष्ट पारेका क्घन । एमालेको बिरुद्धमा लाग्ने नै भए गठबन्धनबाट चुनाबी मैदानमा आउन चुनौती समेत दिएका छन । अर्को तर्फ राष्ट्रियताको बिषयमा सरकार नालायक बनेको टिप्पणि गरेका छन । तुईन चुडाएर नेपालीलाई नदिमा खसाउने र नेपाली भूमिमा सडक बनाउने भारतको रबैयाको नेपाल सरकार रमिते बनेको आरोप लगाएका छन ।
साथै पुष्पकमल दाहाल र माधब नेपालले कम्युनिष्ट र समाजबादको कुरा गरे पनि उनिहरु पूँजीबादको हिमायती भएको बताएका छन । त्यसैगरी, कोरोना महामारी नियन्त्रणमा सरकार चुुक्दै गएको उल्लेख गरेका छन । २० लाख खोप हराउने, खोप र सिरिन्जको अभाब गराउने तथा संक्रमण रोकथामका अपनाउनुपर्ने उपाय सँगै संयन्त्रलाई निष्कृय पार्ने कामले सरकार असफल भएको उनको ठम्याई छ ।

प्रकाशित : १४ माघ २०७८, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६