प्रदेश

पालिकाको चुनावबारे छलफलका लागि प्रधानमन्त्री देउवा, प्रचण्ड र नेपालबीच भेटवार्ता



काठमाण्डौ, १४ माघ । प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादी का अध्यक्ष माधवकुमार नेपालबीच आज भेटवार्ता भएको छ ।

बिहान प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा उहाँहरुबीच मुख्य गरी पालिकाको चुनावबारे छलफल भएको प्रचण्डका प्रेस संयोजक सूर्यकिरण शर्माले बताउनुभयो । यसअघि पनि गठबन्धन दल र शीर्ष नेताबीच पालिकाको चुनावबारे छलफल भएको थियो ।

निर्वाचन आयोगले सरकारलाई पालिका तहको चुनावको मिति तोक्न ताकेता गर्दै आएको छ । तर गठबन्धनका बीचमा सहमति नजुटेका कारण सरकारले अहिलेसम्म मिति तोक्न सकेको छैन । सत्ता गठबन्धनमा ऐन संशोधन गर्ने र पालिकाको चुनाव केही पछि धकेल्नेबारे छलफल हुँदै आएको छ।

यसअघि हिजो प्रधानमन्त्री देउवाले राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेट गर्नुभएको थियो।

प्रकाशित : १४ माघ २०७८, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६