प्रदेश

गठबन्धनको बैठक बोलाउने सहमतिमा सकियो देउवा, प्रचण्ड र नेपालबीचको छलफल



काठमाडौं, १४ माघ । नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच स्थानीय निर्वाचनका विषयमा छलफल भएको छ ।

शुक्रबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सत्तारूढ गठबन्धनका शीर्ष तीन नेताबीच स्थानीयसँगै प्रदेश र संघीय निर्वाचन तथा समसामयिक राजनीतिक घटनाक्रमबारे करिब एक घण्टा छलफल भएको बालुवाटार स्रोतले जानकारी दिएको छ। निर्वाचन आयोगले आगामी वैशाख २२ गते स्थानीय तहको निर्वाचन गर्नेगरी मिति घोषणा गर्न दलहरूलाई दबाब दिइरहेका बेला गठबन्धनका नेताबीच छलफल भएको हो।

त्यस्तै, छलफलमा शनिबार सत्ता गठबन्धनका पाँचवटै दलका शीर्ष नेताहरुको बैठक बोलाउने सहमति पनि भएको स्रोतले जनाएको छ ।

सत्ता गठबन्धनले स्थानीय तह निर्वाचन ऐन २०७३ संशोधन गरेर संविधानअनुसार बनाउने बताइरहेका छन्। उक्त ऐनमा कार्यकाल सकिनु दुई महिनाअघि नै स्थानीय तह निर्वाचन हुनुपर्ने उल्लेख छ। तर संविधानमा कार्यकाल सकिएको ६ महिनाभित्र चुनाव हुने उल्लेख रहेको भन्दै गठबन्धनका नेताहरु ऐनलाई संविधानअनुसार बनाउने तयारी गरिरहेका छन्।

प्रकाशित : १४ माघ २०७८, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६