प्रदेश

३ लाख नागरिकले पाए बुस्टर डोज



काठमाडौं, १४ माघ। सरकारले नेपालमा १८ वर्षभन्दा माथि उमेर समूहका ७० प्रतिशत नागरिकले कोरोना भाइरसविरुद्धको पूर्णमात्रा खोप पाएको दावी गरेको छ ।

शुक्रबार स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाले विज्ञप्ति जारी गरी १८ वर्षमाथिका ७० प्रतिशतले पूर्ण र ८३ प्रतिशत नागरिकले कम्तीमा एक मात्रा खोप लगाएको बताएका छन् ।
त्यस्तै, १२ वर्षदेखि १७ वर्षसम्मका १८ लाख ७२ हजार ६७० बालबालिकाले पहिलो मात्रा र तीन लाख ५८ हजार २९८ बालबालिकाले पूर्ण मात्रा खोप लगाएका उनले जानकारी दिए । कोरोना महामारीविरुद्ध अग्रपंक्तिमा खटिएकामध्ये तीन लाख जनाले बुस्टर डोज खोप पाएका छन् ।

हालसम्म नेपालमा कोरोना भाइरसविरुद्धको चार करोड २० लाख ४९ हजार ६४० डोज खोप आइपुगेकामा तीन करोड छ लाख चार हजार १५२ डोज खोप नगाइसकेको पनि मन्त्री खतिवडाले जानकारी दिएका छन् ।

नेपालमा कोरोना भाइरसविरुद्धको खोप लगायन सुरु गरेको शुक्रबार एक वर्ष पूरा भएको छ ।

प्रकाशित : १४ माघ २०७८, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६