जीवनशैली

सोलुखोला सुरुङमा बेपत्ता भएका मजदुर किन अझै सम्म पनि भेटिएनन त ?



सोलुखुम्बु १४ माघ – सोलुखुम्बुमा निर्माणाधीन ८६ मेगावाट क्षमताको सोलुखोला दूधकोशी जलविद्युत आयोजनाको सुरुङमा बेपत्ता भएका मजदुर अझै फेला परेका छैनन्। अर्का एक जना घाइतेको भने उपचार भइराखेको छ।

आयोजना निर्माणस्थल पञ्चनस्थित सुरुङ मार्गभित्र स्काभेटर नै भाँचिएपछि उक्त दुर्घटना भएको हो। सुरुङभित्र पानी बगाउने पाइप स्काभेटरको बकेटमा लिएर जाँदा स्काभेटरनै भाँचिएपछि उक्त बकेटमा रहेका मजदुर बेपत्ता भएका हुन्।

बारा जिल्ला कोलभी नगरपालिका १ का २४ वर्षीय राकेश चौधरी बेपत्ता हुनुभएको हो। दुर्घटनामा पर्सा जिल्ला पटेरवा गाउँपालिका ४ का २० वर्षीय अङ्गत राय थारुको उपचार भइराखेको छ।

ओखलढुङ्गास्थित मिसन अस्पतालमा उपचार सम्भव नभएपछि थप उपचारका लागि उहाँलाई काठमाडौं पठाइएको छ। जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी नायब उपरीक्षक कविता कटवालका अनुसार उहाँलाई हेलिकप्टरबाट उपचारका लागि काठमाडौं पठाइएको हो।

घाइतेको ग्रान्डी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। बेपत्ता भएका चौधरी भने भिरालो सुरुङको १६० मिटर भन्दा तल खसेको अनुमान गरिएको छ। चौधरीको खोजी कार्य जारी रहे पनि सुरुङभित्र रहेका निर्माण सामाग्रीहरुका कारण समस्या भइरहेको प्रहरीले जनाएको छ। खोजी कार्यका लागि १४ जना प्रहरी र १२ जना नेपाली सेनाको संयुक्त टोली परिचालित रहेको छ।

प्रकाशित : १४ माघ २०७८, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६