काठमाडौं १४ माघ । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ६ सय ९३ जनामा कोरोना संक्रमण देखिएको छ। ८ सय ४१ जनाको पीसीआर परीक्षण गर्दा ३ सय ८३ र ८ सय १० जनाको एन्टिजेन परीक्षण गर्दा ३ सय १० जनामा कोरोना संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।
मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङमा १ सय ७६, सुनसरीमा ८७, झापामा ६६, उदयपुरमा १५, इलाम र धनकुटामा ६–६, भोजपुरमा २, ताप्लेजुङ, संखुवासभा र खोटाङमा १–१ र प्रदेश १ बाहिरका २२ जनामा संक्रमण भएको हो। मोरङको विराटनगरमा १ सय ३५, पथरीशनिश्चरे र सुन्दरहरैचामा ८–८, बुढीगंगामा ५, बेलबारी र उर्लाबारीमा ४–४, केराबारीमा ३, रतुवामाई र कटहरीमा २–२, कानेपोखरी, ग्रामथान, सुनबर्षी, जहदा र धनपालथानमा १–१ जनामा संक्रमण देखिएको छ। सुनसरीको धरानमा ३७, इटहरीमा ३२, इनरुवामा ५, रामधुनी र दुहवीमा ३–३, देवानगञ्ज र स्थानीय तह नखुलेका २–२, गढी, बराहक्षेत्र र कोशी गाउँपालिकामा १–१ जनामा संक्रमण देखिको छ।
झापाको विर्तामोड र दमकमा १३–१३, कनकाईमा ११, भद्रपुरमा ८, अर्जुनधारामा ५, गौरादह र शिवसताक्षीमा ४–४, कमल गाउँपालिकामा ३, बुद्धशान्ति र बाहृदशीमा २–२, मेचीनगरमा १ जनामा संक्रमण देखिएको छ। उदयपुरको कटारीमा ७, बेलकामा ३, त्रियुगा र स्थानीय तह नखुलेका २–२ र चौदण्डीगढीमा १ जनामा संक्रमण देखिएको छ।
इलामको इलाम नगरपालिकामा २, माई, मांसेबुङ, सुर्योदय र माई जोगमाईमा १–१ जनामा संक्रमण देखिएको छ। धनकुटाको धनकुटा नगरपालिकामा ६, भोजपुरको भोजपुर नगरपालिका र स्थानीय तह नखुलेका १–१, ताप्लेजुङको फक्ताङलुङ, संखुवासभाको मादी र खोटाङको दिप्रुङमा १–१ र प्रदेश १ बाहिरका २२ जनामा संक्रमण भएको मन्त्रालयले जनाएको छ।
प्रदेश १ मा शुक्रबार ३ सय २९ जना कोरोना संक्रमणमुक्त भएका छन्। संक्रमणमुक्त हुनेमा १ सय ५१ महिला र १ सय ७८ पुरुष रहेका छन्। पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट २ महिलाको मृत्यु भएको छ। सक्रिय संक्रमितको संख्या ७ हजार ४ सय १६ पुगेको सामाजिक विकास मन्त्रालयले जनाएको छ।
प्रतिक्रिया