अन्तर्राष्ट्रिय

वैदेशिक यात्राबाट फर्किदै गरेका कपिलवस्तुका ३० वार्षिय युवा ७ दिन देखि बेपत्ता



कपिलवस्तु १५ माघ /वैदेशिक यात्रा बाट फर्किदै गरेका कपिलवस्तुका एक युवा ७ दिन देखि बेपत्ता भएका छन । जिल्लाको बाणगंगा नगरपालिका वडा नम्बर ६ निवासी ३० वार्षिय युवा रिम बहादुर खड्का ( रने) वैदेशिक रोजगारीबाट फर्कने क्रममा सम्पर्क बिहिन भएको पारिवारिक स्रोतले जनाएको छ ।उनी यात्राबाट फर्किएको ७ दिन भयो तर अहिले परिवारसंग सम्पर्कबिहिन भएका छन ।उनी माघ ९ गते बिहान अन्तराष्ट्रिय बिमानस्थल काठमाडौ आएको र आएपछि सोही साझ नाईट गाडी चडेर घर आउने परिवार संगको फोन संवादमा कुरा भएको परिवारले जनाएको छ ।त्यसपछि उक्त दिन बाट परिवारसंग उनी सम्पर्कमा नरहेको बताएका छ्न ।

खड्काले १ थान टि भि, ब्लाङ्केट नेपाली रुपैया अन्दाजी दुई लाख र परिवारलाई खानेकुरा समेत ल्याएको उनकि श्रीमतिले बताएकी छन् । उनि वैदेशिक यात्रामा नफर्किने र नेपालमै केहि गर्ने उद्देश्यका साथ नेपाल आएका थिए ।उनको खोजिका लागि परिवार दिनरात भैतारिरहेका छन तर केहि पत्ता लागेको छैन । खड्कालाई खोजी दिन परिवारले नेपाल प्रहरी, आफन्त, ईस्ट्मित्र, सन्चारकर्मि विभिन्न संघसंगठन संग अपिल गरेका छन ।उनि साउदी अरेबियामा तिन बर्ष पहिलाबाट कार्यरत थिए । बेला बेला घरपरिवार संग भेटघाटका लागि पनि आउने जाने गरेको परिवारले बताएका छ्न । उनका एक छोरा र पत्नी रहेका छ्न । कोहि कसैले देखेमा नजिकैको प्रहरी कार्यलयमा सम्पर्क गरिदिन अनुरोध समेत गरिएको छ ।

प्रकाशित : १५ माघ २०७८, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६