जीवनशैली

स्थानीय निर्वाचन पछि धकेल्ने गठबन्धनको प्रयास असफल : उपमहासचिव ज्ञवाली




काठमाडौँ १५ माघ । नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले सत्तारुढ गठबन्धनमा जेठभित्र स्थानीय तहको चुनाव गर्ने विषयमा भएको सहमतिले पछिल्लो समयमा चुनाव हुँदैन कि भन्ने विषयको अन्योल अन्त्य भएको बताएका छन् । उनले विभिन्न छिद्रहरु खोज्दै चुनाव धकेलेर मुलुकलाई अन्योल राख्ने सत्तारुढ गठबन्धनको प्रयास पनि असफल भएको बताए ।‘औपचारिकरुपमा सरकारले निर्णय गरेपछि मुलुक निर्वाचनतर्फ जान्छ । केही दिन मुलुकलाई अन्योलमा राख्ने गलत काम भएको थियो । त्यो सफल भएन र त्यो अन्त्य भयो,’ ज्ञवालीले भने । चुनाव सार्ने बाहना उचित नभएको बताउँदै उनले भने, ‘चुनाव सार्ने बाहना कुनै पनि उचित थिएन । त्यो संवैधानिक पनि, लोकतान्त्रिक पनि थिएन । गर्नुपर्ने कर्तव्य पूरा नगरेर छिद्रहरु खोज्दै निर्वाचनलाई पर सार्ने विषय संविधानको मर्मविपरीत थियो ।’

ज्ञवालीकाअनुसार निर्वाचन आयोगको निरन्तरको ताकेता, एमाले पार्टीलगायत विभिन्न दलहरुको खबरदारी, संविधानविद् र कानुन व्यवसायीहरुको ध्यानाकर्षण, राष्ट्रपतिबाट समेत भएको ध्यानाकर्षणको कारण गठबन्धन चुनाव गर्न र चुनावको विषयमा सकारात्मक ढंगले सोच्न बाध्य भएको छ ।उनले चुनाव गराउन आवश्यक पर्ने कानुनी तथा प्रशासकीय व्यवस्थापनमा सघाउन एमालेको सकारात्मक भूमिका रहने बताए । ‘स्थानीय तहको २ महिनाअघि चुनाव गर्ने विषयमा सरकारले मिति घोषणा गरेर त्यसअनुसार जानुपर्ने थियो । कानुनमा जुन विषयहरुलाई सच्याउनु पर्ने विषयमा छ त्यसलाई सच्याउनुपर्छ । मूलतस् स्थानीय तहहरु जनप्रतिनिधिविहीन नबनाउने सुनिश्चिततासहित जो जे विषयमा जाने वा मिलाउने त्यसमा एमालेले सघाउँछ’, ज्ञवालीले भने, ‘समयमै चुनाव गर्नका लागि कानुनी वा प्रशासनिक व्यवस्थापनको विषयमा छ भने त्यसलाई सकारात्मक रुपमा लिन्छौं ।’

प्रकाशित : १५ माघ २०७८, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६