जीवनशैली

माघ १६ गते आइतबार बस्ने भनिएको प्रतिनिधि सभाको बैठक स्थगित



काठमाडौँ १५ माघ — माघ १६ गते आइतबार बस्ने भनिएको प्रतिनिधि सभाको बैठक कोभिड १९ संक्रमणको जोखिमको कारण देखाउँदै स्थगित गरिएको छ । शनिबार संसद्‍ सचिवालयले विज्ञप्ति जारी गर्दै बैठक माघ २६ गतेका लागि सारेको हो ।

‘कोभिड १९ संक्रमणको जोखिम यथावत रहेको कारण उक्त दिन र समयमा बैठक बस्न नसक्ने भएकोले प्रतिनिधि सभा नियमावली, २०७५ को नियम ६ को उपनियम (३) बमोजिम सम्माननीय सभामुखज्यूले मिति २०७८ माघ २६ गते बुधबार दिनको १ बजे बैठक बस्ने गरी निर्धारण गर्नुभएको व्यहोरा माननीय सदस्यहरूको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ,’ संघीय संसद्‍का महासचिव भरतराज गौतमद्वारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख छ ।

यसअघि बसेका संसद्‍ बैठक भने प्रतिपक्षी दल नेकपा एमालेका सांसद्‍हरूले अवरोध गर्दैआएका थिए । सभामुखको भूमिकाप्रति आपत्ति जनाउँदै एमालेले संसद्‍ बैठक अवरोध गर्दैआएको छ ।

प्रकाशित : १५ माघ २०७८, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६