खोज–अनुसन्धान

अबको चुनवापछि एमाले र कांग्रेसमात्र अस्तित्वमा : रायमाझी




अर्घाखाँची १६ माघ । नेकपा एमाले सचिव टोपबहादुर रायमाझीले मुलुकको राजनीतिक नेतृत्वमा कांग्रेस र एमालेमात्रै अस्तित्वमा रहने बताएका छन् । माओवादी केन्द्र, एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चा पार्टी खुद्रा पसल भएकाले तिनीहरु धेरै दिन टिक्न नसक्ने उनको भनाइ थियो । अर्घाखाँचीको भूमिकास्थान नगरपालिकाको धारापानीमा आज शनिबार पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै रायमाझीले यस्तो बताएका हुन् ।कम्युनिष्ट पार्टीको मूल नेतृत्व केपी शर्मा ओली नेतृत्वको एमाले नै रहेको उनले बताए । उनले आफू केपी ओलीको सहयोगी भएको बताए ।

\दाहाल अहिले राजनीतिक बिचलनमा भएको उनको टिप्पणी छ । उनले एमालेविरुद्ध भएको ५ दलीय गठबन्धनले समयमै चुनावको मिति घोषणा नगरेर संविधानविपरीत जान खोजेको बताए । उनले आउने सबै चुनावमा एमालेले जित्ने र गाउँको विकास निर्माणका कामलाई अगाडि बढाइने बताए ।धारापानीमा राष्ट्रिय जनमोर्चाका युवा नेता माधव बञ्जाडेको नेतृत्वमा माओवादी केन्द्रसहित ५२ जना स्थानीय कार्यकर्ता एमालेमा प्रवेश गरेको एमाले जिल्ला सचिव तोजबहादुर रायमाझीले बताए ।

प्रकाशित : १६ माघ २०७८, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६