खोज–अनुसन्धान

राजमो फेरी फुटयो :मोहन विक्रम,दुर्गा र केसी वाहेक सबै नेताले रोजे विद्रोहको वाटो




काठमाडौं १६ माघ । सत्तारुढ गठबन्धनमा संलग्न नेकपा मसालको वैधानिक मोर्चा राष्ट्रिय जनमोर्चा औपचारिक रुपमा विभाजन भएको छ । मसालका महामन्त्री मोहन विक्रम सिंह, चित्रबहादुर केसी र दुर्गा पौडेलले पार्टीलाई कांग्रेसको पिछलग्गु बनाएको भन्दै कृष्णराज पौडेलको नेतृत्वमा विद्रोह भएको हो ।
सिंहसहित तीन नेताको कामबिरुद्ध बिद्रोह गरेको समुहले विशेष राष्ट्रिय भेलाले पौडेललाई केन्द्रीय समन्वय समितिको अध्यक्ष चयन गरेको छ । उपाध्यक्षमा चिन्तामणि पौडेल, सूर्या थापा र सुरेन्द्र भण्डारी चयन हुनुभएको छ । यस्तै महासचिवमा लालबहादुर जाग्री, कोषाध्यक्ष ओमबहादुर केसी र सचिव गौरीलाल कार्की चयन गरिएको छ ।मोहन बिक्रम समुहको कामप्रति असहमति राख्दै मसालमा बिद्रोह भएको यो दोस्रो पटक हो । यसअघि मसालबाट विद्रोह गरेको एउटा समूह माओवादीमा समाहित भएको थियो ।

प्रकाशित : १६ माघ २०७८, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६