अन्तर्राष्ट्रिय

विश्वभर २० लाख ६५ हजार बढी कोरोना संक्रमित



काठमाडौँ १७ माघ – विश्वभर पछिल्लो पटक २० लाख ६५ हजार बढी कोरोना संक्रमित थपिएका छन् । यससँगै विश्वमा कोरोना संक्रमितको संख्या ३७ करोड ५० लाख १३ हजार १ सय ८४ पुगेको हो ।

कोरोनाको तथ्याङ्क अद्यावधिक गरिरहेको वल्डोमिटरमा उल्लेख भए अनुसार संक्रमितमध्ये अहिलेसम्म २९ करोड ६२ लाख निको भएका छन् । गत २४ घण्टामा मात्रै १७ लाख २२ हजार सङ्क्रमण मुक्त भएका छन् ।

यस्तै २४ घण्टामा ५ हजार ५ सय सङ्क्रमितको मृत्यु भएसँगै ज्यान गुमाउनेको सङ्ख्या ५६ लाख ८१ हजार नाघेको छ । अझैपनि ७ करोड ३० लाख सक्रिय सङ्क्रमित रहेकामा ९४ हजारको अवस्था जटिल रहेको र बाँकीको सामान्य रहेको वल्डोमिटरको तथ्यांकमा उल्लेख छ ।

प्रकाशित : १७ माघ २०७८, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६