अर्घाखाँची, १७ माघ । संविधान सभा सदस्य एवम् नेकपा एकीकृत समाजवादीका नेता डा. दुमन सिंह थापाको निधन भएको छ।
डा.थापाको ६२ वर्षको उमेरमा ह्याम्स अस्पताल काठमाण्डौमा हिजो बेलुका निधन भएको हो ।
थापाले केही समयअघि दुई वटै मिर्गौला प्रत्यारोपण गराउनु भएको थियो ।
उहाँ नेकपा एमालेबाट अर्घाखाँचीको निर्वाचन क्षेत्र नम्बर २ बाट संविधान सभा सदस्यमा निर्वाचित हुनुभएको थियो ।
नेकपा एमाले विभाजनपछि थापा नेकपा एकीकृत समाजवादीमा हुनुहुन्थ्यो ।
प्रतिक्रिया