प्रदेश

खोप चिस्यान प्रणाली सुधारका लागि नेपाललाई जापान सरकारको सहयोग



काठमाण्डौ, १७ माघ । जापान सरकारले संयुक्त राष्ट्र सङ्घीय बाल कोष (यूनिसेफ) मार्फत नेपाललाई खोप चिस्यान प्रणाली सुधारका लागि विभिन्न सामग्री सहयोग गरेको छ ।

यूनिसेफले नेपाललाई नौ वटा उच्च क्षमताका कुलर, सोलारबाट चल्ने ३८ वटा खोप रेफ्रिजेरेटर, लामो दुरीमा खोप बोक्न प्रयोग हुने ११ सय नौ वटा खोप बक्स र ५३ वटा खोप बक्स नेपाल सरकारलाई प्रदान गरेको हो । प्रदान गरिएका सामग्रीले नेपालमा कोरोनाविरुद्धको खोपको गति बढाउन सहयोग पुग्ने यूनिसेफले जनाएको छ ।

यी सामाग्री गएको वर्षदेखि नै नेपाललाई प्रदान गर्न सुरु गरिएको र हिजो आइतवार पूरा भएको प्रेस विज्ञप्तिमा उल्लेख छ । नेपाललाई प्रदान गरेका सामग्रीको सञ्चालन र मर्मत पनि यूनिसेफले नै गरिदिनेछ ।

नेपालका लागि जापानी राजदूत किकुता युताकाले कोरोनाको तेस्रो लहर फैलिएको यो समयमा नेपाललाई प्रदान गरिएका सामग्रीले महामारी रोकथाम तथा खोपको भण्डारण र वितरण क्षमतामा व्यापक सकारात्मक नतिजा दिन सक्ने बताउनुभयो । नेपाललाई प्रदान गरिएका वाक इन कुलर यातायातको माध्यमबाट सजिलै अर्को ठाउँमा लैजान सकिने र बिजुली नभएको ठाउँमा सोलार रेफ्रिजेरेटरको सहायताले खोप भण्डारण गर्न सकिने हुँदा सहज हुने र खोपको पर्खाइमा रहेका नागरिकसम्म खोप पुर्‍याउन सहज हुने पनि राजदूत किकुताले बताउनुभएको छ ।

जापान सरकारले कोरोनाविरुद्ध लड्न नेपाललाई खोप, एम्बुलेन्स, विभिन्न चिकित्सा सामग्री र १० अर्ब रुपैयाँभन्दा धेरै सहुलियत ऋण पनि दिइसकेको छ ।

प्रकाशित : १७ माघ २०७८, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६