जीवनशैली

गोन्द्राङ्ग सडक खण्डमा कन्टेनर पल्टिँदा चालक गम्भीर घाइते



चितवन १७ माघ -चितवनको सडक विस्तार भइरहेको नारायणगढ गोन्द्राङ्ग सडक खण्डमा कन्टेनर पल्टिँदा चालक गम्भीर घाइते भएका छन् ।भरतपुरबाट टाँडीतर्फ जाँदै गरेको प्रदेश ०३-००१-००५ ख ९९७० नम्बरको कन्टेनर सोमबार दिउँसो भरतपुर महानगरपालिका- १२ बसन्तचोकमा आफैँ अनियन्त्रित भई विद्युतको खम्बामा ठोक्किएको थियो । दुर्घटनामा घाइते ट्रक चालकको नाम ठेगाना नखुलेको प्रहरीले जनाएको छ । उनको भरतपुर अस्पतालमा उपचार भइरहेको छ ।

कन्टेनरले ठक्कर दिँदा दुईवटा विद्युतका खम्बाहरु पनि ढलेका छन् । विद्युतको खम्बा ढलेपछि विद्युत प्राधिकरण भरतपुर वितरण केन्द्रको टोली घटनास्थल पुगेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

प्रकाशित : १७ माघ २०७८, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६