अर्थ-वाणिज्य

विद्यार्थीको शैक्षिक स्तर बढाउन कमजोर विद्यार्थीलाई लक्षित गरेर निःशुल्क डिजिटल कक्षा सुरु



नेपालको भविष्यतर्फ हेर्ने हो भने बालबालिकाको अवस्थातिर हेर्नु पर्छ। सरकारले सामूदायिक विद्यालयमा अध्ययन गर्ने विद्यार्थीका लागि ठूलो लगानी लगाएपनि अपेक्षाकृत नतिजा आउन सकेको छैन्। पर्याप्त स्रोत–साधन भएतापनि विद्यालय प्रशासन र  शिक्षकको लापरबाहीले गर्दा शैक्षिक गुणस्तर बढ्नुको सट्टा घटेपछि कमजोर विद्यार्थीलाई लक्षित गरेर सुनसरीको गढी र दुहवी क्षेत्रमा डिजिटल कक्षा सुरु गरिएको छ।  

गढी गाउँपालिकाका युवाले डिजिटल आर्दश गढी निर्माण अभियान सुरु गरि निःशुल्क पढनपाढन सुरु गर्न थालेका हुन्। ‘शिक्षा क्षेत्रको सुधारका लागि नयाँ पुस्ताले परिवर्तनका लागि अगुवाई गर्नुपर्ने सोचले डिजिटल कक्षा अभियान सुरु गरिएको हो,’ डिजिटल आर्दश गढी निर्माण अभियानका उपाध्यक्ष श्रवणकुमार यादवले भने।  

केही वर्षदेखि समाज परिवर्तनका निमित्त सक्रिय सस्थाले गढी गाउँपालिकाको चारवटा र दुहवी नगरपालिकाको १० वटा वडामा गरि १७ स्थानमा अभियानको केन्द्र बनाइ बालबालिकालाई पढाउन सुरु गरेको छ। यतिबेला १७ वटा केन्द्रमा एक हजार तीन सय बालबालिकाले निःशुल्क अध्ययन गरिरहेको सस्थाका अध्यक्ष विद्यानन्द यादवले बताए। उनले पछिल्लो समय विद्यालयले देश भक्ति तथा संस्कारसहितको शिक्षा प्रदान गर्ने र चाडै सवै वडामा यो अभियान विस्तार गर्ने बताए।  

सामुदायिक विद्यालयमा विद्यार्थीलाई अध्यायन गराउने शैली परिवर्तन भए अवश्य पनि शैक्षिक गुणस्तर बढ्नेछ। शिक्षाबाट वन्चित विपन्न तथा गरिव विद्यार्थीको समेत पढाईमा पहुँच पुर्‍याउन अभियान सहि माध्यम बन्ने अध्यक्ष यादवले बताए। 

प्रकाशित : १७ माघ २०७८, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : presspationline@gmail.com

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६