कपिलवस्तु, १८ माघ ।
लुम्बिनी प्रदेशसभाले कोभिड–१९ का कारण यस वर्ष भर्चुअलरूपमा स्थापना दिवस मनाउने भएको छ।
प्रदेशसभाले प्रदेशमा रहेका १२ जिल्लाका माध्यमिक विद्यालयमा ‘सङ्घीयता कार्यान्वयनमा प्रदेशसभाको भूमिका’ विषयक निवन्ध प्रतियोगिता आयोजन गर्ने गरी तयारी थालेको छ।
सो प्रतियोगितामा प्रथम पुरस्कार रु १५ हजार, दोस्रो रु १० हजार, तेस्रो रु आठ हजार र सान्त्वना रु पाँच हजार राशिको पुरस्कार र प्रमाणपत्र रहेको छ।
निवन्ध इमेलमा पठाउन आग्रह गर्दै प्रदेशसभा सचिवालयले प्रदेशका सबै स्थानीय तह र शिक्षा कार्यालयमार्फत विद्यालयलाई पत्राचार गरिएको प्रदेशसभा कार्यक्रम संयोजक सम्झना सुवेदीले बताइन्।
सो निवन्ध एक हजार शब्दको हुनुपर्ने प्रावधान राखिएको छ विद्यालयबाट एक छात्र र एक छात्राको अनिवार्य उपस्थिति आवश्यक रहेको बताइएको छ। यही माघ २१ गते लुम्बिनी प्रदेश सभाको स्थापना दिवस मनाइँदैछ।








प्रतिक्रिया