ब्रेकिंग न्युज

तरकारी जोनको तयारी ,सङ्कलन केन्द्रको शिलान्यास




माधव बेल्वासे
चन्द्रौटा,१८ माघ ।कपिलवस्तुको शिवराज नगरपालिका ३ खरेन्द्रपुरमा तरकारी सङ्कलन केन्द्रको शिलान्यास गरिएको छ । शिवराज नगरपालिका वडा नं ३ का वडा अध्यक्ष टेकलाल सापकोटाले एक कार्यक्रमका विच केन्द्रको शिलान्यास गर्नुभएको छ ।शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष सापकोटाले शिवराज ३ लाई तरकारी जोन बनाउने उदेश्यका साथ केन्द्र निर्माण गर्न लागिएको बताउनु भयो । कृषकले उत्पादन गरेका तरकारीको बजारीकरणमा सहजताका लागि सङ्कलन केन्द्र स्थापना गर्न लागिएको बताउनु भयो । वडाका विभिन्न गाउँहरूका किसानहरूले उचित मूल्य नपाउने,विक्री गर्न समस्या हुने देखिएको छ,सापकोटाले भन्नुभयो यो सङ्कलन केन्द्र कृषि सहकारीले सञ्चालन गर्ने छ ।
कार्यक्रममा वडा अध्यक्ष सापकोटा, कृषि शाखा प्रमुख तारा चन्द चौधरी,नेपाली काँग्रेसका जिल्ला सदस्य ईश्वरी पाण्डेय, युवा नेता अजय थापा, वडा नं ३ का सभापति गंगाधर भट्राई,केयर सिंह अदै लगायत शिवराज कृषि सहकारीका शेयर सदस्यहरूको सहभागिता रहेको थियो ।नगरको ६ लाख र उपभोक्ता समिति को ६५ हजार लागतमा निर्माण गर्न लागिएको कृषि शाखा प्रमुख तारा चन्द चौधरी बताउनुभयो । शिवराज नगरका दुई स्थानमा तरकारी सङ्कलन केन्द्र स्थापना हुने र किसानले उत्पादन गरेका तरकारी निश्चित मूल्यमा खरिद गरी विक्री गरिने चौधरीले बताउनुभयो । वडा न ३ मा रहेका शिवराज कृषि सहकारीले उक्त सङ्कलन केन्द्र सञ्चालन गर्ने सहकारीका अध्यक्ष केयर सिंह अदैले बताउनु भयो ।

प्रकाशित : १८ माघ २०७८, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६